नेपाल एले क्यानडा-११ सँग आज अन्तिम एकदिवसीय शृङ्खला खेल्दै

Image
Nisarga Hospital

नेपाल एले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।

CP Hospital Dhangadhi

आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ । नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।दोस्रो खेलमा क्यानाडालाई हराएपछि भने नेपाल–ए का खेलाडी आत्मविश्वासी बनेका छन्।

नेपाली टिममा दोस्रो रोजाईका खेलाडी रहे पनि ओडीआई मान्यता प्राप्त क्यानडासँग पहिलो रोजाईका खेलाडी छन्। दोस्रो खेलमा अर्जुन कुमाल, सन्दीप जोरा, बसिर अहमद र राशिद खानले सानदार ब्याटिङ गरेर क्यानाडालाई हराएका थिए। नेपाल आज सिरिज जित्ने लक्ष्यमा छ। क्यानाडाको टिम आईसीसी विश्वकप लिग टुको त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारीमा छ। सोही अनुसार क्यानाडाले नेपाल ए सँग सिरिज खेलेको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur