
रुपक खड्का/बझाङ: मष्टा गाउँपालिकामा संचालन भएको निःशुल्क आँखा शिबिरको चेकजाँच तथा छ्नोट कार्यक्रम सम्पन्न भएको छ ।

फागुन ८ गते देखि ११ गतेसम्म गाउँपालिकाका ४ वटा स्वास्थय चौकीमा शुरु भएका आँखा शिबिर सम्पन्न भएको हो । आँखा शिबिरमा ६ सय ४२ जनाले आँखा चेकजाँचको सेवा पाएका छन् ।

जस मध्ये ४८ जना महिला ३२ जना पुरुष गरी जम्मा ८० जनामा मोतिविन्दु (catract) को समस्या देखा परेको छ भने १ सय १५ जनाको दृष्टि दोष देखा परेको र (चस्मा लगाउनु पर्ने) देखीएको हुदा चस्मा बितरण गरिएको स्वास्थ शाखा प्रमुख देबिचन्द्र थापाले बताउनुभयो ।




आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको उहाँले बताए ।
मोतियाबिन्दु भएका बिरामीहरुको चैत्र दोस्रोहप्ता बाट वृहत एकीकृत शल्यक्रिया सल्यक्रिया शिबिर गराइने भएको जनाएका छन् ।
आर्थिक आभावका कारण दृष्टिविहिन हुन पर्ने अवस्थाको अन्त्य गर्नेका लागी मष्टा गाउँपालिकाले उक्त शिबिरको आयोजना गरेको गाउँपालिका प्रमुख ज्ञान बहादुर बोहराले बताएका छन् ।
गाउँघरमै निःशुल्क शिविर सन्चालन गर्दा स्थानीयहरु हर्सित भएका छन् । बुद्धबृद्धाहरु गाउँबाट बजार आउन निकै समस्या हुने र उपचार खर्च पनि महँगो हुने भएकाले पालिकाबासीलाई सहज होस भन्ने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राबिधिक सहयोगमा संचालन भएको निशुल्क मोतिबिन्दु आँखा शिबिर ४ दिनसम्म चलेको थियो।



































