प्रमुख प्रशासकीय अधिकृत आक्रमण प्रकरण, कर्मचारी संगठन द्वारा बिरोध

Image
Nisarga Hospital

बिहिबार राती २ बजे मध्यरातमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी माथि आक्रमण प्रयास प्रति घट्नाको निजामती कर्मचारी संगठन दार्चुलाले बिरोध जनाएको छ ।

CP Hospital Dhangadhi

निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष राजेन्द्र सिंह धामीले एक विग्यप्ती मार्फत घट्नाको घोर भर्त्सना गर्दै घट्नामा संलग्न व्यक्तिलाई तत्काल खोजि गरि कानुनी कारवाहीको दायरामा ल्याउन र राष्ट्र सेवक कर्मचारीहरूको काम गर्ने वातावरण निर्माणका लागि साथै कार्यस्थलमा सुरक्षाका लागि समेत अनुरोध गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आफु बस्दै आएको क्वाटरको झ्यालबाट हाम फालेर भाग्दा ज्यान जोगाउन सफल भएका थिए । प्रमुख प्रशासकीय अधिकृत भागेपछि उनि बस्दै आएको क्वाटरमा आगजनी समेत गरिएको थियो । गाउँपालिकाले आफ्नो क्षेत्रमा हुने अवैध मदिरा व्यापार नियन्त्रण गर्ने र अवैध क्रसरहरूलाई संचालनमा रोक लगाउने निर्णय गरेपछि प्रमुख प्रशासकीय अधिकृत माथि यसरी आक्रमणको प्रयास गरिएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जिल्ला प्रहरी कार्यालयले हाल सम्म अनुसन्धान गरिरहेको भने पनि कसैलाई नियन्त्रणमा लिईसकेको छैन । खोजी कार्य भैरहेको सम्म जनाएको छ ।

Dhnagadhi & Krishanapur