
हङकङमा जारी टी–२० नेपालले सिरिजमा पपुवा न्यूगेनीलाई ८५ रनले पराजित गरेको छ । नेपालमा फाईनलमा प्रबेश गरेको छ । पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल भर्तेलले ४ विकेट, प्रतिश जिशीले २ विकेट लिएका थिए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेलेका थिए ।




हङकङमा टस हारेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा चार/चार छक्का र चौकाको मद्दतमा ५९ रन बनाए र आउट भए भने सन्दी जोराले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाएका थिए ।
विनोद भण्डारी २७ र लोकेश बम १४ रनमा आउट हुँदा विवेक यादव १९ तथा गुलशन झा १५ रनमा अविजित भएका थिए।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ । जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।




































