
नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ। मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो।

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
सिरिजको पहिलो खेल भने वर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए। आजै तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दै छ। शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।






































