
त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालको खराब ब्याटिङ हुँदा उपाधिविहिन बनेको छ। १७२ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर ८५ रन बनायो। नेपाल ८६ रनले पराजित भएको छ। नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले प्रस्तुत गरेको १७२ विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ सुरुवात गरेको थियो ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ तथा रोहित पौडेलले १२ रन बनाए ।




नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।



































