
बैतडी: लागूऔषध खैरो हेरोइनसहित बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका ५ का २२ बर्षीय विरेन्द्र रावल रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बिओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा सीमा नाका झुलाघाटमा चेकजाँच गर्दा खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा २ सय मिलिग्राम लागू औषध खैरो हेरोइनसहित रावल पक्राउ परेका हुन्।




पक्राउ परेका रावलमाथि लागू औषध मुद्दामा अनुसन्धान अगाडि बढाइने भएको छ । आज अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



































