उच्च शिक्षामा प्राबिधिक शिक्षा किन पढ्ने ? प्राबिधिक शिक्षा मा कुन बिषय पढ्नाले कस्तो भविश्य ? जानकारी लिनुहोस

Image
Nisarga Hospital

एसएलसी/एसईई पछि के विषय पढ्ने भनेर उत्तीर्ण विद्यार्थी र तिनका आभिभावकले अब निधो गर्नुपर्ने होला। उच्च माध्यमिक शिक्षा परिषदले कुल र विषयगत ग्रेड अंकका आधारमा विद्यार्थीले कुन विषय पढ्न पाउने या नपाउने बारेमा मापदण्ड नै तोकेको छ। जस्तो गणित, विज्ञान र प्राविधिक विषयका लागि विज्ञान र गणितमा उच्च ग्रेड अनिवार्य छ। तर, विज्ञान र गणितमा उच्च ग्रेडमा उत्तीर्ण विद्यार्थीले मानविकी या व्यवस्थापन पढ्न नपाउने भन्ने कुरा भने होइन। यद्यपि, यो मापदण्डले जेहेन्दार विद्यार्थीका लागि कुन विषय उपयुक्त भन्ने मान्यता विद्यार्थी या अभिभावक को दिमागमा नजानिँदो तवरले घुसाइदिने जोखिम भने छ।

CP Hospital Dhangadhi

Attariya Hospital

माध्यमिक शिक्षापछिको उच्च शिक्षामा कुनै विद्यार्थीका लागि कुन संकाय उपयुक्त हो भन्ने कुरामा परामर्श दिनु आफैंमा एक विशेषज्ञ सेवा हो। प्रभावकारी शिक्षा प्रणाली भएका देशहरुका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनौटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ। नेपालमै पनि केही राम्रा निजी विद्यालयहरुले विद्यार्थीलाई परामर्श दिने गरका छन्। तर अधिकांश विद्यार्थीहरुले उच्च शिक्षाका संकायहरुको बारेको पूर्ण सूचनाबिना समाजमा चलिआएको ट्रेण्ड या अभिभावकहरुको इच्छा बमोजिम विषयहरुको छनौट गर्ने प्रवृत्ति बढी हावी देखिन्छ।

nawajiwan

उच्च शिक्षाको विषय छनौटमा परामर्श दिने यो पंक्तिकारको विज्ञता होइन। न त म शिक्षाविद् नै हुँ। परन्तु, यो लेखमा मेरा नितान्त निजी अनुभूतिका आधारमा उच्च शिक्षाको विषय छनौट बारेमा केही कुराहरु उठान गर्ने जमर्को गरेको छु।

२०३५ सालको एसएलसी उत्तीर्ण गरेपछि म अमृत क्याम्पसमा विज्ञान संकाय अन्तर्गत भौतिकशास्त्र समूहमा भर्ना भएको थिएँ। त्यो बेला उच्च प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण हुनेले अमृत क्याम्पसमा आईएस्सी पढ्ने ‘ट्रेण्ड’ थियो। त्यसको मुल कारण मेडिकल, इन्जिनियरिङ, बन, कृषि लगायतका प्राविधिक विषयमा विदेशबाट आउने छात्रवृत्ति थियो। आईएस्सीका भौतिक र जीवविज्ञान समूहका अधिकांश उत्तीर्ण विद्यार्थीहरुले कुनै न कुनै प्राविधिक विषयमा विदेशको छात्रवृत्ति पाउॅथे।

कोलोम्बो प्लान अन्तर्गत भारतबाट सिभिल इन्जिनियरिङको अध्ययन पूरा गरी नेपाल फर्केपछि नेपालको निजामती सेवामा सिभिल इन्जिनियरको रुपमा काम गर्ने मौका मिल्यो। देशभित्रै इन्जिनियरिङको स्नातक तहको पढाइ भर्खर सुरु भएको अवस्थामा इन्जिनियरिङ शिक्षाको महत्व टड्कारो रुपमा नै देखिन्थ्यो। तर निजामती सेवामा कार्यरत रहँदा विकास या सरकारी निकायका अन्य कामका लागि प्रशासन, कानुन, व्यवस्थापन लगायतका पेशागत सीप र ज्ञानको महत्व पनि स्पष्ट देखिन्थ्यो। आईएस्सी पढ्दैगर्दा या विदेशी छात्रवृत्तिमा इन्जिनियरिङ पढ्दैगर्दा सरकारी कामकाजका लागि प्रशासन, कानुन, व्यवस्थापन विषयको यो हदको भूमिका होला भन्ने आँकलन गरिएको थिएन।

सम्भवत: प्राविधिक विषयमा विदेशी छात्रवृत्तिको आकर्षणले गर्दा निकै पहिलेदेखि नै एसएलसीमा राम्रो अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीले विज्ञान संकाय पढ्ने ‘ट्रेण्ड’ चल्यो। मेडिसिन, इन्जिनियरिङ, बन र कृषिमा प्रमाणपत्र तह (अहिलेको प्लस टु तह) को अध्ययन सुरु भएपछि यी विषयहरुले पनि एसएलसीका उच्च अंकका विद्यार्थी आकर्षण गरे। यसले गर्दा विज्ञान र प्राविधिक विषयबाहेकका संकायले प्राय: औसत या औसतभन्दा पनि कमजोर विद्यार्थीमात्र पाए। विस्तारै यो सामाजिक ट्रेण्डकै रुपमा स्थापित भयो। एसएलसीमा उच्च प्रतिशत ल्याएर गैरप्रविधिक विषय रोज्ने विद्यार्थी अपवादमा पर्दथे। तर, यस्तो अपवादको छनौट गर्नेहरुले कालान्तरमा शैक्षिक या पेशागत हिसाबले उल्लेख्य सफलता हासिल गरेका दृष्टान्त हाम्रासामु छन्।

अझै पनि हाम्रो समाजमा गणित र विज्ञानमा राम्रा विद्यार्थीका लागि प्राविधिक विषय उपयुक्त हुने भन्ने आम बुझाई रहेको देखिन्छ। यसका आफ्नै कारण छन्। पहिलेकोजस्तो विदेशी छात्रवृत्तिको आकर्षण नभए पनि देशभित्र र बाहिर रोजगारीको राम्रो सम्भावनाले गर्दा लागि प्राविधिक विषय धेरैको रोजाई भएको छ। दोस्रो, गणित र विज्ञानमा राम्रो ग्रेड हुनेले कानुन या मानविकी पढ्दा उनीहरुको गणीत/विज्ञानको ज्ञान उचित सदुपयोग नभएर खेर जाने हो कि भन्ने गलत बुझाई पनि व्याप्त छ। तेस्रो, विज्ञान/प्रविधि विषयका शिक्षण संस्थाको गुणस्तर मानविकी/व्यवस्थापन विषयको तुलनामा राम्रो हुनु या देखिनुले विषयको छनौटमा प्रभाव पारेको छ। चौथो, विद्यालय शिक्षादेखि नै सामाजिक र मानविकी सम्बन्धि विषयहरुको शिक्षण र सिकाई एकदमै निम्छरो किसिमको छ।

यो पंक्तिकार जापानको टोकियोमा कार्यरत रहँदा एक इन्टरनेसनल स्कुलको शिक्षक-अभिभावक मिटिङमा सहभागी हुनुपरेको थियो। उच्च माध्यामिक तहको चार-वर्षे कोर्षको पहिलो वर्ष (कक्षा ९) को यो सत्रमा दिनभरिजस्तो सबै अभिभावकलाई कक्षा कोठामा राखी हरेक विषयको पाठ्यक्रम र शिक्षण प्रक्रिया बारेमा सम्बन्धित शिक्षकले व्याख्या गर्थे। हरेक शिक्षकको व्याख्यामा विषयउपर उनीहरुको दखल र शिक्षण पेशामा उनीहरुको लगाव स्पष्ट झल्किन्थ्यो। पालो इतिहास विषयको आयो। मेरो आफ्नो स्कुले अनुभवमा परीक्षाका लागि पात्रका नाम र घटनाका मिति घोक्नैपर्ने इतिहास सबैभन्दा ‘झुर’ विषयमा गनिन्थ्यो। मेरो अपेक्षाविपरीत यो इन्टरनेसनल स्कुलका इतिहासका शिक्षकले सुरुमै इतिहास विषयको महिमा गजबले वर्णन गरे। विभिन्न पेशाहरुको सूची र ती पेशाहरुका लागि इतिहासको अध्ययन र विश्लेषण विधि किन महत्वपूर्ण छ भन्ने टिपोटसहितको ५-६ पेजको फोटोकपी बाँडे र छोटकरीमा व्याख्या पनि गरे। प्राविधिकलगायत हरेक पेशाका लागि इतिहास विषयको महत्व यस्तो रसिलो र सरल भाषामा बुझ्न पाएको भए स्कुले जीवनमा यो विषय पक्कै स्वाद मानेर पढिन्थ्यो होला।

वास्तवमा हाम्रो विद्यालयस्तरमा मानविकी र सामाजिक शिक्षा विषयहरुको महत्व दर्शाउने गरी पढाउने गरिएको छैन। पट्यारलाग्दा पाठ्यपुस्तक र परीक्षाका सम्भाव्य प्रश्नहरुको जवाफ घोकाउने शिक्षण शैलीले गर्दा राम्रा विद्यार्थीहरुमा यी विषयप्रति बिल्कुलै आकर्षण हुँदैन। विद्यालयको गुणस्तर नराम्रै भए पनि गणित र विज्ञानजस्ता विषय राम्रा विद्यार्थीका लागि चाखलाग्दा हुन्छन्। थोरै सैद्धान्तिक पक्षको ज्ञान हुनेबित्तिकै राम्रा विद्यार्थीले कतिपय प्रश्न आँफैले हल गर्न सक्छन्। नेपालको विद्यालय तहमा राम्रा विद्यार्थीको विज्ञान/गणीत विषयमा गहिरो चाख र मोह पलाएको हुन्छ।

वास्तवमा जेसुकै कारणले भए पनि एसएलसीका राम्रो ग्रेडका विद्यार्थीहरुको ठूलो अनुपातले विज्ञान या प्राविधिक विषयमात्र छान्नु हाम्रो समाज र स्वयं विद्यार्थीको हितमा समेत छैन। सरकार र समाजलाई आवश्यक हरेक क्षेत्रको जनशक्ति उच्च ज्ञान र दक्षताको हुन जरुरी छ। यसका लागि हाम्रा उत्तम दर्जाका युवा विद्यार्थीहरुलाई उच्च शिक्षाका सवै संकायहरुमा समानुपातिक हिसाबले वितरण गर्न जरुरी छ। एसएलसीमा गणित/विज्ञानको उच्च अंकले विद्यार्थीको रुची प्रविधिक विषयमा नै हुन्छ भन्ने ग्यारेण्टी छैन। हाम्रो विद्यालयस्तरको शिक्षण र मूल्याङ्कन विधिले गर्दा जेहेन्दार विद्यार्थीले गणित/विज्ञानमा स्वत: बढी अंक ल्याउँछन्। यसको मतलव उनीहरु कानुन, व्यवस्थापन र मानविकीमा कमजोर छन भन्ने कुरा होइन। फेरि गणित/विज्ञानको ज्ञान यी गैरप्राविधिक विषयका लागि पनि उतिकै उपयोगी हुन्छ।

सामान्यत: पढाइमा राम्रा विद्यार्थीहरुका लागि सबै विषयमा रोजगारी र पेशागत विकासको उतिकै सम्भावना हुन्छ। मुख्य कुरा विद्यार्थीको चाख र रुची के हो भन्ने कुरा यकिन गर्न सक्नु पर्दछ। समाजको ट्रेण्ड र त्यसैको आधारमा सिर्जित पारिवारीक दबाब युवा विद्यार्थीको शैक्षिक र पेशागत उपलब्धिका लागि प्रत्युत्पादक हुन सक्छ। कमसे कम उच्च शिक्षाका विभिन्न संकायहरुमा आवश्यक आधारभूत ज्ञान र त्यससँग सम्बन्धित पेशाको कामको प्रकृतिका बारेमा विद्यार्थीलाई सुसूचित गराउन जरुरी हुन्छ। अनिमात्र विद्यार्थीले आफ्नो खास रुची अनुसारको विषय पहिल्याउन सक्छन्।

यस संन्दर्भमा सबैभन्दा पहिले गैरप्राविधिक विषयभन्दा प्राविधिक विषय ‘राम्रा’ भन्ने भ्रम समाज र परिवारले हटाउन जरुरी छ। तर स्थापित ट्रेण्ड सहजै हट्न मुस्किल हुन्छ। यसका लागि सरकारले नीतिगत पहल गर्न पनि जरुरी छ। धेरै देशहरुमा बहुविश्वविद्यालय प्रणाली छ। सयौं या हजारौंको संख्यामा विश्वविद्यालयहरु सञ्चालनमा छन् र विश्वविद्यालयहरुको गुणस्तरको क्रम पनि बजारले निर्धारण गरेको हुन्छ। यी देशहरुमा विद्यार्थीहरुले उच्च शिक्षाको विषयभन्दा पनि अब्बल दर्जाका विश्वविद्यालय पहिले छान्दछन्। उत्कृष्ट विश्वविद्यालयको प्रवेश परीक्षा उत्तीर्ण भएपछि प्राप्ताङ्कका आधारमा पाउनसक्ने संकायमध्येबाट आफ्नो रुचीको संकाय छान्दछन्। यस्तो पद्धतिले गर्दा उच्च शिक्षाका सबै संकायहरुमा अब्बल शैक्षिक क्षमताका विद्यार्थीको समानुपातिक वितरण हुन्छ।

नेपालमा भने त्रिभुवन विश्वविद्यालयजस्तो एउटै भीमकाय केन्द्रिकृत विश्वविद्यालय भएको हुनाले विद्यार्थीहरुलाई विश्वविद्यालय छान्ने कुरा सान्दर्भिक भएन। त्यसैले, ‘राम्रा’ विषय छान्ने ट्रेण्ड बस्यो। उच्च शिक्षामा व्यप्त राजनीति र दलिय भागभण्डाले अहिले त विश्वविद्यालयहरुको गुणस्तर झनै खस्किएको छ। विश्वविद्यालय स्तरको पढाईको लागि विदेशिने क्रम बढ्दो छ। यी सबै मुद्दाको प्रभावकारी संबोधनकालागि सरकारले अब बहु-विश्वविद्यालयको अबधारणामा जान अनिवार्य छ। साथै सरकारले सबै संकाय भएको एक उत्कृष्ठ विश्वविद्यालयको स्थापना गर्न जरुरी छ। यस्तो विश्वविद्यालयका सवै संकायहरुमा अन्तराष्ट्रिय स्तरको गुणस्तरको सुनिस्चितता गर्नु जरुरी हुन्छ। अध्यापन र अनुसन्धानकालागि बिदेशि प्राध्यापकहरुको संलग्नता समेत अवस्यकता हुन सक्छ। उच्च गुणस्तरको यस्तो विश्वविद्यालयको सबै संकायहरुले राम्रा बिद्यार्थिलाई सहजै आकर्षण गर्न सक्छन। परिणाम स्वरुप राज्य र समाजलाई चाहिने सबै क्षेत्रमा अब्बल दर्जाको जनशक्ति उत्पादन हुन सक्छ।

इञ्जिनियरिङतर्फ कुन कुन विषय पढ्न पाइन्छ ?

इञ्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ विषय पढ्न पाइन्छ ।

त्यस्तै, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ विषय पढ्न पाइने सीटीईभिटीले जनाएको छ ।

तीन वर्षे यी कोर्षका लागि फरक फरक शुल्क लाग्छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम ‘सी’ ग्रेड र अंग्रेजीमा न्यूनतम ‘डी’ प्लस ग्रेट ल्याएको हुनुपर्छ ।

कृषि तथा वनविज्ञानमा कुन विषय पढ्ने ?

कृषि तथा वनविज्ञान अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री विषय पढ्न पाइनेछ ।​ डिप्लोमा तहका कृषि, फुड एण्ड डेरी टेक्नोलोजी र फरेष्ट्रीका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमातर्फ होटल म्यानेजमेन्ट विषय पढ्न पाइनेछ ।

यसका लागि लागि अंग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनसिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वक्र्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।

सिटिईभीटीमार्फत् सञ्चालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने सदस्य सचिव काफ्लेको भनाई छ ।

सिटीईभिटीकै ६३ वटा आंगिक शिक्षालय छन् । त्यस्तै ४३ वटा शिक्षालय साझेदारीमा चलेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत ५७३ वटा शिक्षालय छन् भने निजी क्षेत्रबाट ४२९ वटा सम्बन्धन प्राप्त शिक्षण संस्थाले प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको सदस्य सचिव काफ्लेले बताए ।

देशभर रहेका प्राविधिक विषय अध्यापन गराउने शिक्षण संस्थामा ८४ हजार विद्यार्थीले प्राविधिक विषय पढ्न पाउने क्षमता छ । तर, गत वर्ष जम्मा सिट क्षमताको ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका थिए ।
सिट क्षमताअनुसार विद्यार्थी भर्ना हुन नसक्नु पछाडि विभिन्न कारण रहेको सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेको भनाई छ ।

प्राविधिक विषयको महत्व बुझ्न नसक्नु, शुल्क महँगो हुन्छ भन्ने भ्रममा रहनु जस्ता कारणले विद्यार्थीहरु प्राविधिक विषय पढ्न कम आउने गरेका छन् । सिटीईभिटी अन्तर्गत डिप्लोमा तहमा ३२ वटा र प्रि डिप्लोमा तहतर्फ २२ वटा विषयमा पढाई हँुदै आएको छ ।

छात्रबृत्तिबारे अनभिज्ञ

सिटीईभिटी अन्तर्गत प्राविधिक विषय पढ्नको लागि दुई किसिमको कोटा छुट्याइएको हुन्छ । पूर्ण शुल्कीय कोटा र छात्रबृत्ति कोटा गरी दुई किसिमबाट विद्यार्थीले पढ्न पाउँछन् ।

सिटीईभिटीका हरेक कार्यक्रममा अनिवार्य रुपमा छात्रबृत्ति प्रदान गरिन्छ । प्रत्येक २० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत र जेहेनदार विद्यार्थीका लागि १÷१ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।

त्यस्तै प्रत्येक स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत २ र जेहेनदार विद्यार्थीका लागि १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।
प्रत्येक ४० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत ३ र जेहेनदार अन्तर्गत १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ । त्यो भन्दा माथिको लागि वर्गीकृत अन्तर्गत ४ र जेहेनदारतर्फ १ जनालाई छात्रबृत्ति प्रदान गरिने सिटीइभिटीका सदस्यसचिव काफ्लेले बताए ।

छात्रबृत्तिमा सिफारिस भई भर्ना भएका विद्यार्थीले आफू अध्ययनरत शिक्षालयमा लाग्ने कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने उनको भनाई छ । अध्ययन अवधिभर खाने र बस्ने व्यवस्था भने विद्यार्थीले नै मिलाउनुपर्ने सदस्य सचिव काफ्लेले बताए ।

यसका साथै माध्यमिक तहको अब हुने पुन:संरचनामा गहन अध्ययनपछि मात्र पाठ्यक्रमको निर्धारण गर्नु पर्दछ। प्लस टु तहको हालको जस्तो विज्ञान या व्यवस्थापनका नाममा साँघुरो दायराको समूहकृत गर्नु उपयुक्त हुँदैन। जुनै समूहको भए पनि सबै विषयको न्यूनतम पाठ्यक्रम समावेश हुन जरुरी छ, ताकि विश्वविद्यालय तहमा विद्यार्थीका लागि विषय छनौटको फराकिलो दायरा उपलब्ध होस्।

यी त भए सरकारले उपयुक्त नीति अख्तियार गरेमा हाम्रा विद्यार्थीका लागि भविस्यमा हुने छनौटका अवसर। तर तत्कालका लागि के गर्ने त? वास्तवमा हालको प्लस टु को प्रणाली अन्तरगत गैरविज्ञान समूहको निम्छरो गुणस्तर हेर्दा एसएलसीमा उच्च ग्रेड ल्याउने विद्यार्थीले विज्ञान विषय छान्नु अनुपयुक्त होइन। तर प्लस टु मा विज्ञान विषयको छनौटले विश्वविद्यालय तहमा प्राविधिक विषय या विज्ञान नै छान्नुपर्ने भन्ने कुरा सही होइन। प्लस टु को विज्ञान समूहमा अध्ययन गरिने सबै विषयहरु व्यवस्थापन, कानुन या मानविकी विषयको अध्ययनका लागि पनि उत्तिकै उपयोगी हुन्छन्।

त्यसैले एसएलसी पछिको विषय छनौटका आधारमा विद्यार्थीको चाख र रुचीलाई कुण्ठित नगरौं। राम्रो ग्रेडका विद्यार्थी प्लस टु तहमा विज्ञान समूहमै भर्ना भए पनि उनीहरुलाई विश्वविद्यालयमा गैरप्रविधिक विषय पनि उतिकै सान्दर्भिक हुनसक्ने कुरामा सूचित गरौं। पाठ्यक्रमभन्दा बाहिरका पुस्तक र नियमित रुपमा स्तरीय अखबारहरु पठ्न विद्यार्थीलाई उत्साहित गरौं। व्यवस्थापन र मानविकी समूहका विद्यार्थीलाई समेत गणित र तथ्याङशास्त्र जस्ता वस्तुगत विश्लेषणमा अनिवार्य हुने विषयको महत्व दर्शाउँ। स्नातक तहमा प्राविधिक विषयमा अध्ययन गरे पनि आफ्नो रुचीअनुसार स्नातकोत्तर तहमा कानुन, व्यवस्थापन, जनप्रशासनजस्ता विषयमा विशेषज्ञता हासिल गर्न उपयुक्त हुने कुरा विद्यार्थीलाई सम्झाऔं। विश्वविद्यालय तहमा सबै संकायका बारेमा पूर्ण सूचित भएर आफ्नो रुची अनुसारको विषय विद्यार्थीले छान्नका लागि समाज र परिवार सहयोगी बनौं।

नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । नेपाली शिक्षा क्षेत्रमा देखिएको बेथिति र भड्किलो शिक्षा प्रणालीका कारण धैरै विधार्थीहरु अहिले उच्च शिक्षा हासिलको लागि विभिन्न देशहरुमा भौतारिने गरेको तथ्यांक पनि हाम्रासामु प्रष्टै छ । यसरी विदेशी शिक्षा उच्च वर्गीयहरुको लागि त ठीकै होला तर मध्यम र निम्नवर्गीय मानिसहरुको लागि झनै समस्याको विषय बनेको छ । यसै कारणले पनि होला मध्यम र कमजोर आर्थिक स्थिति भएका र छोटो समयमा अध्ययन गर्छु भन्ने चाहना भएका विधार्थीहरुका लागि भने अहिले प्राविधिक शिक्षा अभिसाप बन्न पुगेको छ ।

विश्वभर नै सूचना प्रविधिमा भईरहेको तीब्र विकासको प्रभाव नेपालमा पनि विस्तारै पर्दै गईरहेको छ । विश्वभर भईरहेको प्रविधिको विकासप्रतिको आकर्षणले गर्दा प्राविधिक र व्यवहारिक शिक्षाप्रति नेपाली विधार्थीहरुको पनि आकर्षण बढ्दै गईरहेको देखिन्छ । तर, यसका पछाडि धैरै चुनौतिहरु रहेका छन्, साथमा अबसरहरु पनि त्यस्तै छन् ।

तपाई प्राविधिक शिक्षा पढ्ने तयारीमा हुनुहुन्छ भने तपार्इ सबैभन्दा पहिले यो प्रष्ट हुनु आवश्यक छ कि प्राविधिक शिक्षा पढ्ने शोख तपाईको हो या त तपाईलाई प्राविधिक शिक्षा पढाउने निर्णय परिवारले लिएका हुन्। आफ्नो सुझबुझविना तपार्इ परिवारको दबाबमा परी प्राविधिक शिक्षा पढ्दै हुनुहुन्छ भने सम्झनुस् यो तपार्इले ठूलो भूल गर्दै हुनुहुन्छ । यदि तपाई परिवारको दबाबमा प्राविधिक शिक्षा रोज्दै हुनुहुन्छ भने तपाईले धैरै चुनौतिको सामाना गर्नुपर्ने हुन्छ किनकि यो प्राविधिक शिक्षा सुनेको जस्तो सजिलो छैन । यदि प्राविधिक शिक्षा पढ्ने शोख भित्रदेखिको नै हो म जसरी पनि यो विषयमा सफल भएरै छोड्छु भन्ने इच्छाशक्ति तपाईसँग छ भने त्यो असम्भव पनि छैन तपाई अवस्य सफल हुन सक्नुहुन्छ ।

त्यो सबै तपाईको इच्छाशक्ति र मेहनतमा भर पर्नेछ । यसको लागि तपाईले धैरै कुराहरु बझ्नुपर्ने हुन्छ । सबैभन्दा पहिले तपाईले कलेज छान्दा त्यसको शिक्षाको गुणस्तरका बारेमा बुझ्नुहोस, त्यहाँको शिक्षण विधिको बारेमा पनि बुझ्नुहोस, शिक्षकको शिकाई शैलीको बारेमा बुझ्नुहोस, त्यहाँको प्रयोगशालाका बारेमा बुझ्नुहोस अनि मात्र छनोट गर्नुहोस आफूले पढ्ने कलेज। नत्र तपाई शिक्षाको नाममा भैइरहेको लूटतन्त्रको शिकार बन्न सक्नुहुनेछ ।

यस्ता धैरै कलेजहरु छन जसले विधार्थी भर्नाको समयमा धैरै सुविधाहरु छन् भनेर धैरै झुठा मन्त्रहरु लगाएर विधार्थीहरु तान्ने गरिहेका छन । कुनै पनि कलेजले भर्नाको समयमा देखाएका आश्वासन पुरा गर्न सक्दैनन् र उनीहरुले भने अनुसारको सुविधा त्यहाँ हुदैन । ती सबै विद्यार्थी तान्ने खेलमात्र हुन्। त्यसैले यसमा पनि ध्यान दिनुपर्ने धेरै कुराहरु छन् ।

अहिले प्राविधिक शिक्षा क्षेत्रमा पनि धैरै अनियमितता हुन थालेका छन । प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्ले दिने विधार्थी सहुलियतमा चरम अनियमितता छ । विधार्थीलाई दिने सहुलियतमा पनि राजनितिक दबाब र भागबन्डा हाबी हुँदा पाउनुपर्नेले सहुलियत पनि धेरैले पाउने गरेका छैनन् भने पाउने गरेका सहुलियतहरु पनि कर्मचारीतन्त्र हावी हुँदा कर्मचारीका आफन्त र राजनीतिक दलका आसेपासेले पाउने गरेका छन । त्यस्तै अर्को तिर प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्ले कलेजलाई विद्यार्थीका लागि दिने गरेको आर्थिक सहुलियतमा पनि चरम अनियमितता हुने गरेको छ । यहाँ पनि स्पष्ट रुपमा आफुखुसीतन्त्र र आफन्ततन्त्र चलेको देखिन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका केहि यस्ता कलेजहरु पनि छन जुन प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परिषद्को मापदण्ड पुगेका छैनन् । केहिमा त प्राविधिक शिक्षाका लागि आवश्यक पुर्वाधार नै छैन । त्यसैले मापदण्ड नपुगेका र आवश्यक पुर्वाधार नपुगेका शिक्षण संस्थालाई खारेज गरी गुणस्तरीय प्राविधिक शिक्षामा ध्यान दिनैपर्ने देखिन्छ । प्राविधिक शिक्षाको एउटा हिंसा प्रयोगशालाको अवस्था अन्य शैक्षिका संस्थाको भन्दा सुविधाजनक देखिएपनि गुणस्तरीय प्राविधिक शिक्षाको लागि भने यो पर्याप्त छैन ।

कुनै कलेजहरुको प्रयोगशालाहरुको अवस्था पनि प्राविधिक शिक्षाको तुलना गरेर हेर्दा नाजुक नै देखिन्छन् । विशेष मापदण्ड बनाएर यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने शिक्षण विधिमा पनि केहि परिवर्तन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, परीक्षा आधारित भन्दा पनि प्राविधिक शिक्षालाई प्रयोगात्मक र व्यवहारिकता तर्फ उन्मुख गर्नुपर्छ । कलेजलाई बुझाउने अतिरिक्त शुल्क अनुसारको सेवा सुविधाहरु पनि विधार्थीलाई केहि कलेजहरुले दिने गरेको भए पनि अधिकांश कलेजहरुले उपलब्ध गराउने गरेका छैनन् । यसमा कलेजहरुले विद्यार्थीलाई अतिरिक्त शुल्क अनुसारको सेवा शुल्क उपलब्ध गराउनु पर्ने देखिन्छ र विद्यार्थी पनि यसतर्फ सचेत रहि आवाज उठाउनुपर्ने देखिन्छ ।

पछिल्लो समयमा एस एल सी र एस ई ई उत्तीर्ण जुनसुकै विधार्थीको मुखमा प्राविधिक शिक्षा नै झुन्डिएको छ । छोटो समयमा सीप हाँसिल गरी व्यवसायिक र जिविकोपार्जन तर्फ उन्मुख हुन सकिने भएकोले यसप्रतिको आकर्षण बढ्दै गईरहेको देखिन्छ । यसमा सैद्धान्तिक भन्दा प्रयोगात्मक तर्फ बढी नै केन्द्रित भइने हुँदा जागिर नपाएपनि सीप हातमा हुने भएकोले आफैँले नै व्यावसाय सञ्चालन गर्न सकिन्छ ।

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न समय अवधिको प्राविधिक शिक्षा तथा तालिमहरु दिँदै आइरहेका छन् । यसमध्ये अठार महिना र तीन वर्षे डिप्लोमा कोर्सप्रति धैरैको ध्यान जाने गरेको छ । यस कोर्ष पुरा गरी सकेपछि स्वदेश तथा विदेशका विभिन्न कम्पनीहरुमा काम गर्नको लागि सहज वातावरण सिर्जना हुनुका साथै माथिल्लो तहको उच्च शिक्षा हासिल गर्न चाहने तर आर्थिक स्थिती कमजोर भएका विधार्थीलाइ समेत काम गर्दै उच्च शिक्षा हाँसिल गर्न सहज वातावरण सिर्जना हुने भएकोले पनि यसप्रतिको आकर्षण बढ्दै गईरहेको छ ।

यो शैद्धान्तिक भन्दा प्रयोगात्मक र व्यवहारिकतातर्फ उन्मुख भएकोले आफुले नै केहि गर्न सकिने छ । नेपालको अहिलेको यो स्थितिमा प्राविधिक शिक्षा हासिल गरे भनेर ढुक्क हुने स्थिति भने छैन । अस्थिर राजनितिक व्यवस्थाका कारण नेपालमा अद्योगिक क्षेत्रको विकास एकदमै न्युन रहेकोले सबै प्राविधिकहरु खपत हुने अवस्था भने पक्कै छैन । प्राविधिक शिक्षा हासिल गरिसके पछि पनि धैरै चुनौतिहरु छन । यस्ता चुनौतिहरुको पनि सामना गर्नुपर्ने देखिन्छ । डिप्लोमा तहको प्राविधिक शिक्षाको अध्यापन गराउँदै आईरहेको एक मात्र प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम परिषद्को पछिल्लो समयमा भइरहेका अराजक गतिविधी र कजेजहरुको मनोमानी शुल्क असुलीले विधार्थीहरु मर्कामा पर्दै आईरहेका छन ।

प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अहिले राम्रो कलेज खोज्न समेत समस्या सिर्जना हुन थालेको छ । गुणस्तरीय शिक्षा भन्दा पनि अहिले शिक्षण संस्थाहरु व्यावसायीकरण तर्फ उन्मुख हुँदै गईरहेका छन् । यसतर्फ सचेत रही सहि र गुणस्तरीय शिक्षाको लागि सहि शिक्षण संस्था छनोट गर्नुपर्न देखिन्छ । भने प्राविधिक शिक्षा तथा तालिम परिषदले पनि विद्यार्थीको भविष्यमाथि भईरहेका अराजक गतिविधी अन्त्य गरी गुणस्तरीय शिक्षातर्फ कदम चाल्नु पर्ने देखिन्छ भने राज्यले पनि प्राविधिकहरुको पदको लागि पहलकदमी चाल्नुपर्ने देखिन्छ ।

प्राविधिक स्वास्थ्यतर्फको अध्ययन गर्न ‘सी’ग्रेड अनिवार्य, इन्जिनियरिङमा ‘डी’र ‘इ’

प्रवेशिका परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ वा सोभन्दा बढी ग्रेड प्राप्त गरी समग्रमा कम्तीमा स्तरीकृत अङ्क औसत २.० ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा स्वास्थ्यतर्फको विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो । सिटीइभिटीका सदस्य सचिव डा रामहरि लामिछानेले भने, “अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणी आएको छ भने त्यस्ता विद्यार्थीलाई स्वास्थ्यतर्फको विषय अध्ययन गर्न प्रवेश परीक्षामा सहभागी गराउने व्यवस्था गरेका छौँ ।”

सिटीइभिटीले आफ्नो आङ्गिक र सम्बन्धन प्राप्त संस्थामा स्वास्थ्यतर्फका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए), मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल, आयुर्वेद, होमियोप्याथी लगायत विषयमा प्रवेश परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

सिटीइभिटीका प्रशासन प्रमुख रमेश बखतीले प्रवेशिका परीक्षामा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ तर अन्य विषयमा ‘डी’ र ‘इ’ आएको छ भने पनि स्वास्थ्य बाहेकका अन्य कार्यक्रममा अध्ययन गर्न पाउने व्यवस्था गरिएको बताए ।

बाली विज्ञान, पशु विज्ञान, डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी, डिप्लोमा इन फरेस्ट्री, होटल म्यानेज्मेन्ट, सिभिल इन्जिनियरिङ, सर्भे, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, आर्किटेक्चर इन्जिनियरिङ, अटोमेकानिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ लगायत विषयमा अध्ययन गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

प्रवेशिका परीक्षामा समग्रमा ‘डी’ र ‘इ’ श्रेणी ल्याउने विद्यार्थीले पनि प्राविधिक एसएलसी अर्थात् टिएसएलसी अध्ययन गर्न पाउने व्यवस्था सिटिइभिटीले गरेको छ । सिटीइभिटीले प्राविधिक एसएलसी अर्थात् टिएसएलसीमा भने सबै ग्रेडका विद्यार्थीले अध्ययन गर्न पाउने व्यवस्था गरेको जानकारी दिँदै बखतीले हाल कायम रहेको १५, १८ र २९ महिने टिएसएलसी कार्यक्रमलाई १८ महिने बनाइने बताए ।

सोह्र वर्ष उमेर पुगेका लेखपढ गर्न सक्नेका लागि एक वर्ष अवधिका विभिन्न पेसा वा व्यवसायसँग सम्बन्धित रोजगारमूलक तालिम कार्यक्रमको पाठ्यक्रम बनाएर लागू गरिने भएको छ ।

देशको वर्तमान अवस्था र जनताको समृद्धिका लागि आर्थिक विकास मुल एजेण्डा बन्नु अपरिहार्य छ । आर्थिक विकासका लागि देशमा उत्पादन र वितरण कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ । यसका लागि उत्पादकत्व वृद्धि गर्नुपर्छ । उत्पादन कार्य परनिर्भरतामा नभई आत्मगत सामथ्र्यमा आधारित हुनुपर्छ । पुर्वाधारहरूको समुचित विकास गर्नुपर्छ । यसका लागि प्राविधिक शिक्षामा जोड दिनु अनिवार्य छ । विशेषतः प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।

प्राविधिक शिक्षाको विकासको प्रस्थान बिन्दु सभ्यताको प्रारम्भमा शिकारका लागि ढुंगाका हतियार बनाउने विशिष्ट सीपदेखि सुरक्षा र स्वास्थ्यका बिकल्पहरूको विकास हो । मान्छेले प्रकृतिका विषमताहरूसँग जुभ्mदै बाँच्ने आधारहरू निर्माण गर्न गरिएका सबै प्रयत्न र त्यस अभियानमा विकास भएका सीप र प्रविधिहरूबाट प्राविधिक शिक्षाको विकास भएको हो । प्राविधिक शिक्षा, ज्ञान, सीप र प्रविधिसँग जोडिएको छ ।

प्रविधिको विकासले अहिले विश्व ग्लोबल भिलेजमा परिणत भइरहेको अवस्था छ । विगतमा साक्षारतालाई वर्णाक्षरको ज्ञान भन्ने बुझिने गरेकोमा अहिले जीवनोपयोगी प्रविधिको ज्ञानलाई साक्षारता अत्यावश्यक अङ्ग ठानिएको छ । प्रविधिको उपयोग जीवनलाई सरल, सवल र सुखमय बनाउनका लागि भइरहेको छ ।

विषम अवस्थामा समेत प्रविधिको प्रयोगबाट जीवनोपयोगी सुबिधा लिन सकिने उदाहरण नेपाललगायत केही देशहरूमा देखिएको छ । नेपालमा इन्टरनेट र टेलिफोनको प्रयोगबाट (टेलिमेडिसिन विधिबाट) ग्रामीण जनता शहरको औषधोपचारको सुविधा लिइरहेका छन् । एउटा गाउँका किसानले आप्mनो उत्पादन अर्को गाउँमा बिक्री गर्न अनलाइनबाट सुविधा लिइरहेका छन् ।

वर्तमान अवस्थामा मान्छेका दैनिक गतिविधिहरू सबै प्रविधिको उपयोगमा सञ्चालित भइरहेका छन् । कोरोना महामारीसँगै प्रविधि जीवनशैली बनिसकेको छ । यस्तो अवस्थामा देशको आर्थिक विकासका लागि प्राविधिक शिक्षा अनिवार्य भएको छ ।

प्राविधिक शिक्षाको एउटा महत्वपूर्ण पाटो भनेको व्यवसायिक शिक्षा हो । निम्नस्तरीय तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न व्यवसायिक शिक्षाको विशेष भूमिका हुन्छ । यस्तो शिक्षा स्कुलदेखि नै प्रारम्भ गर्नुपर्छ । यस्तो जनशक्तिबाट पूर्वाधारहरूकोे निर्माण, पुनर्निर्माण तथा मर्मत सम्भार सम्भव हुन्छ । जुन उत्पादकत्व वृद्धि र पूँजी निर्माणका लागि अत्यावश्यक हुन्छ ।

  • बिभिन्न अनलाईन बाट साभार