डडेल्धुरामा पहिरोमा परि एक जनाको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

धनगढीः डडेल्धुरामा पहिरोमा परि एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार दिउँसो ४ बजे तिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो।

Dhnagadhi & Krishanapur