कञ्चनपुरमा ५ किलो चरेस सहित २ जना पक्राउ

Image
Nisarga Hospital

अत्तरिया : कञ्चनपुरमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ। लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले उक्त चरेस बरामद गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका अनुसार टोलीले शनिबार बिहान ५ केजी चरेससहित २ जनालाई पक्राउ गरेको हो। साथै उनीहरूबाट २ थान मोबाईल पनि बरामद भएका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका-३ ब्रहमदेव हाईवे क्षेत्रबाट वडा नम्बर ६ सुकासाल बस्ने ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैया बस्ने ३७ वर्षीय सुरेश सुनारलाई पक्राउ गरिएको हो।

Attariya Hospital

प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शिवराजलाई शंकास्पद रुपमा पहेलो रातो जेब्रा झोला दाहिने हातमा बोकेर पैदल हिडिरहेको अवस्थामा समातेको जनाएको छ। त्यसपछि उनलाई चेकजाँच गर्दा जेब्रा झोलाभित्र प्लास्टिकमा बेरि लुकाई राखेको अवैध चरेस फेला परेको हो। अहिले उनीहरू दुबैजनालाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ।

nawajiwan