ट्रीगार्ड उखेल्नेलाई सम्झाउन खोज्दा वडा अध्यक्ष र नगर प्रहरीमाथि उल्टै आक्रमण

Image
Nisarga Hospital

धनगढी: धनगढीमा ट्रीगार्ड उखेल्न रोक्न खोज्दा एक जनाले वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ डिलासैनी टोलमा ट्रीगार्ड उखेलेर फालिरहेको अवस्थामा भेटिएका सोही ठाउँका रवि धानुकले वडा अध्यक्ष र नगर प्रहरीलाई आक्रमण गरेका हुन्।

CP Hospital Dhangadhi

वडा अध्यक्ष राजबहादुर ऐर र नगर प्रहरीले ट्रीगार्ड नभत्काउन आग्रह गर्दा धानुकले वडा अध्यक्ष ऐर र नगर प्रहरी जवान सुरेन्द्रबहादुर चन्दको औंलामा टोकेर घाइते बनाएका हुन्। गाली गलौज र आक्रमणमा उत्रिएका धानुकलाई सम्झाउन खोज्दा अर्का नगर प्रहरी जवान खेमबहादुर पातलीलाई समेत चोटपटक लागेको छ।
गाली गलौज र ढुङ्गामुढामा उत्रिएका धानुकलाई नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। उनलाई राति ९:३० मा प्रहरील नियन्त्रणमा लिएको हो
धानुकले विगतमा समेत रिङ रोड र ६ लेन सडकमा बिरुवामा क्षति पुगाउने, ट्रीगार्ड उखेल्ने र फाल्ने गर्दै आएका थिए। शनिवार राति ट्रीगार्ड फाल्न लागेका धानुकलाई वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै आक्रमणमा परेका हुन्। ६ लेन सडकमा ड्युटी गरिरहेको नगर प्रहरीलाई अध्यक्ष ऐरले खबर गरेपछि नगर प्रहरी जवान खेमबहादुर पातली र सुरेन्द्रबहादुर चन्द रवि धानुकले ट्रीगार्ड भत्काएको ठाउँमा पुगेका थिए। त्यसपछि झन उग्र भएर आफूहरू माथि धानुकले आक्रमण गरेको घाइते चन्दले बताए।

Attariya Hospital

धानुकले नगर प्रहरी जवान चन्दको दाहिने हातको माझी औंला र वडा अध्यक्ष ऐरको बायाँ हातको माझी औंला टोकेका हुन। वडा अध्यक्ष ऐरले सम्झाइ बुझाइ गर्न खोज्दा आफू, नगर प्रहरी र नेपाल प्रहरीसमेत माथि धानुक जाई लागेको बताए। धानुकले इटा, ढुङ्गा जे भेट्यो त्यहीँले हिर्काउने र तथानाम गाली गलौज गरेको वडा अध्यक्ष ऐरले बताए।
धानुकले वडा अध्यक्ष र नगर प्रहरीमाथि नै आक्रमण गरेपछि घटनास्थलमा पुगेको चटकपुर अस्थायी प्रहरी पोष्टको टोलीले धानुकलाई नियन्त्रणमा लिएको हो।
घाइते नगर प्रहरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

nawajiwan