युक्रेनमाथि रुसको अहिले सम्मकै ठुलो आक्रमणः मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु, २१९ घाइते

Image
Nisarga Hospital

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु भएको छ। २१९ जना घाइते भएका छन् । युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताए।

CP Hospital Dhangadhi

अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा शहरमा भएको बताए। पोल्टावा किएभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा पर्छ । रुसको सीमा नजिकै रहेको यो शहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ।

नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध शुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ।

nawajiwan

पोल्टावा सैन्य सञ्चार संस्थानको भवनमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरूले आफैँलाई भग्नावशेषमुनि पाएका थिए, धेरै मानिसलाई बचाइएको छ, जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भने, ‘उद्धार कार्यमा सबै आवश्यक सेवाहरू समावेश छन्।’

Attariya Hospital

युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ। उद्धार टोली र चिकित्सकले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ। तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगोलियाको भ्रमण गरेकै दिन उक्त आक्रमण भएको हो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमी साझेदारहरूसँग सैन्य सहायताको तत्काल ‘डेलिभरी’ सुनिश्चित गर्नका लागि आफ्नो अपिललाई दोहोर्‍याए।

यसअघि उनले अमेरिका र युरोपेली मुलुकहरूसँग सहयोगको आफ्नो वाचा पूरा गर्न ढिलो भएको भन्दै आलोचना गरेका थिए।