
संबिधान अब चुप लागेर
सुख छैन
जनताले सोधेका प्रश्नहरुको
उत्तर दिनैपर्छ
धेरै भयो लाटो भएर बसेको
अब बाँठो हुनैपर्छ !

नेपाली जनताहरु विदेश
कहिले सम्म बेचिने हुन्?
हातमा हरियो पासपोर्ट
कहिले सम्म समाउने?
किन विदेश गएर मात्रै
दुई पैसाको आस आउँछ ?
त्यही आसले कयौँ छोराछोरीको
बाकसमा लास आउछ !
तर तिमिले कहिले देखेनौँ
विदेश अझै बेचिरह्यौ
लास देखिरह्यौ
र पनि तिमी कहिले बोलेनौ
संविधान तिमी लाटो भयौ!




आमाबाबु ,घर परिवार
छोराछोरी, श्रीमतीको
आँखाको आँसु
संविधान तिमिले
कहिले देखेनौ ?
देख्यौ कि भनेर सोध्नु
मेरै गल्ती हो
बोल्न तिमी सक्दनौ
संविधान तिमी लाटो भयौ!
हेर त नेपाल रोएको छ
बेरोजगारीले सताएको छ
छन त देश छ,
देशमा संबिधान छ ,
तर संविधान कहिले बोलेनौ
संविधान लाटो भयौ!
बलात्कारी लाई कहाँ लुकायौ ?
यहि देशमा छन् या कतै भगायौ?
निर्मला ,भागरथी जस्ता
कयौँ चेलिका आत्मा
भड्किरहेका छन्
तिनका आत्माले
कहिले शान्ती पाउँछ ?
भ्रस्टाचारको फाइल कहिले खुल्नेहो?
भ्रष्टाचारीलाई लाग्ने हतगडी
यो देशमा बनेको छैन् कि ?
चोरहरु कुन गाडीमा भागी रहेकाछन्
त्यो गाडीमा गाडी नम्बर थिएन कि ?
संविधान यी कुरा सुन्नुपर्छ!
तिमिले बोल्नुपर्छ
धेरै बर्ष भयो
संविधान तिमी लाटो भयौ!
कति संविधान दिवस आए,
कति मान्छेले सुभकामना दिए,
कति मान्छेले हाँस्दै रमाउँदै
तिम्रो उस्तब मनाए
तर तिमी कहिले बोलेनौ
आखिर तिमिले जनतालाई
धन्यवाद सम्म दिएनौ!
जनतासँग कहिले बोलेनौ
अब बोल्नुपर्छ
संविधान तिमी लाटो भयौ!
पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी
































