आमालाई रुवाउने काम कसैले नगरिदिनुहोला..

Image
Nisarga Hospital

गीति रचना , कथा कविता लेखैकै आधारमा साहित्य सर्जक पारस भट्ट प्यासीले आफू पिडित बनेको बताएका छन् ! आफुले लेखेका गीति रचनाहरु हामिसँग मेल खान पुगेको भन्दै धेरै जस्तो अबुझ नागरिकहरुले गाली गलोज, डर धम्की देखाउने उसो त आफ्नै गाउँ ठाउँका केही मान्छेहरुले बढी रिस गर्ने पारस भट्ट प्यासीले बताएका छन्!

CP Hospital Dhangadhi

पारस भट्ट प्यासीले आफ्नो फेसबुकमा लेखेका छन् – मलाई गाउँ समाज देखि लिएर देशमा नैं परिवर्तन आएको हेर्ने ठूलो रहर छ उसो त मैले समयले भ्याए सम्म गित, गजल, मुक्तक, कथा, कविताको माध्यमबाट समाजका बिकृती बिसङ्गती ,फोहोरी राजनिती , भ्रष्टाचार , बलात्कार , चोरी , सामन्ति पन विरुद्ध लगायत मायाप्रेम , मिलन बिछोड सयौँ प्रसंगमा निरन्तर कलम चलाई नैं रहन्छु !! मलाई कुनै एक ब्यक्ती सँग लेन देन ,रिस राग छैन तर ब्यक्तिहरुले गरेका गलत कदम बिरुद्ध आवाज उठाउने मेरो बच्चै देखिको बानी बसि सकेको छ कक्षा २ मा पढ्दा समेत स्कुलको कार्यक्रममा जंगल फडानी गर्ने विरुद्ध देउडा गित मार्फत आफ्नै आवाजमा सन्देश दिएको थिएँ!

२ कक्षामा पढ्ने बेला त सायद म राम्रोसँग हिड्न समेत नसक्ने बच्चा थिँए होला! अहिले त अलि अलि बुझ्ने पनि भैसकेको छु त्यसकारण जानेको कुरा म बोलिहाल्छु! जाने बुझेको कुरामा पनि नबोल्नु मलाई मुर्खता हो जस्तो महसुस हुन्छ! तर केही ब्यक्तिहरुले पारस भट्ट प्यासीले लेखेको कुरा हाम्रो जीवन सँग मेल खान पुग्यो हामीले उसलाई के गरेका थियौँ र हाम्रो बारेमा लेख्यो ?विभिन्न किसमका अनावश्यक प्रश्न उठाउने गरेको पाईन्छ ! तर मैले कल्पना गरेर लेखेका कुराहरु कोहिसँग मिल्छन् भने त्यो संयोग बस मिलेको हो !मैले लेखेका तपाईको जिवनमा मिलेका राम्रा पक्षमा हरुलाई आत्मसात गर्नुहोला! नराम्रो पक्षलाई सुधार गर्नुहोला ! तर गाउँ समाजमा विभिन्न मान्छे सँग कुरा गर्ने काम, मलाई गाली गर्ने काम नगरिदिनुहोला ,अनि विशेष जिज्ञासा् भए म पारस भट्ट प्यासी सँग समपर्कमा आएर कुरा गर्नुहोला तर मेरो बारेमा नराम्रो कुरा लाएर घरमा भएका मेरो बुढा आमालाई रुवाउने काम कसैले नगर्नु होला !

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

राम्रो काम गर्नुहोस् सत्य बोल्नुहोस् , मीठो बोल्नुस् , एक आपसमा रिसराग नराख्नुहोस् ,आफैं खाउ आफैं लाउँ भन्ने स्वभाव हटाउनुहोस् ! सकारात्मक बिचार राख्नुहोस् तपाईलाई कसैले नराम्रो भन्न सक्नेछैन र तपाईको मुल्यांकन कुनै एक ब्यक्तिले नगरेपनी भगवानले अबश्य गर्ने छन् ! साहित्य सर्जकहरुलाई धम्काउनु भन्दा आफू सुध्रिने प्रयास गर्नुहोस्!

Dhnagadhi & Krishanapur