छेडेदह गोल्ड कप छैटौं संस्करणको फुटबल आजदेखि सुरु

Image
Nisarga Hospital

बाजुरा: सुदूर पश्चिमको ठूलो धनराशिमा आयोजना गरिएको छेडेदह गोल्ड कप छैटौं संस्करणको फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। बाजुराको पहिचान नभई सुदूर पश्चिमकै पहिचान बनाएको यस प्रतियोगिता बाजुराको उत्कृष्ट मैदान दर्शद माध्यमिक विद्यालयमा आयोजना गरिएको हो। प्रतियोगिता आयोजक कृष्ण ओलीले जानकारी दिए अनुसार पूर्वमा कुदिकोट, उत्तरमा बडालेख र पश्चिममा छेडेदह ताल रहेको छेउमा रहेको यो मैदान प्रतियोगिताको मुख्य स्थल बनेको छ।

CP Hospital Dhangadhi

प्रतियोगिताको अध्यक्षता छेडेदह गोल्ड कप अध्यक्ष लक्ष्मण ओलीले गरेका थिए भने प्रमुख अतिथि प्रदेश सभा सदस्य पदम बहादुर साही रहेका थिए। विशिष्ट अतिथिको रूपमा प्रदेश सभा सदस्य जुनादानी, नेकपा एमाले जिल्ला अध्यक्ष लाल बहादुर ओली, नेपाली कांग्रेस जिल्ला सचिव तिलक पुरी, एकीकृत समाजवादी अध्यक्ष पुर रावत लगायतका अतिथिहरू उपस्थित थिए।

बाजुराका ९ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, र उपाध्यक्षहरू पनि कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमको स्वागत मन्तव्य छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु देवी नाथले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन क्लबका सचिव नरेश नाथले गरेका थिए। प्रतियोगितामा जम्मा १३ वटा फुटबल टोलीले सहभागिता जनाएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur