
बझाङः मष्टा गाउँपालिकामा मह प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो ।

मष्टा गाउँपालिकाका मौरी पालन व्यवसायमा संलग्न रही मह उत्पादन गरी रहेका स्थानीय मौरी पालन कृषक समूहका सदस्यहरुलाइ मह प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी तालिम सञ्चालन गरिएको हो । साथै उनीहरुलाइ २२ वटा आधुनिक माहुरी घार, माहुरी जन्य सामग्री र मह प्रशोधन मेसिन समेत वितरण गरिएको परियोजनाका फिल्ड संयोजक दिनेश रोकायाले बताउनुभयो ।


कार्यक्रममा मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, मष्टा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम जोशी, गाउँपालिका कृषि शाखा प्रमुख, साहारा नेपाल कार्य समिति सचिव लगाएत कर्मचारीहरू र स्थानीय मौरी पालन कृषक समूहका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोलने बक्ताहरूले मौरीपालक किसानका लागि तालिमले व्यवसाय गर्न थप सहज बनाउने भएकाले सीप सिकेर व्यवसाय गर्नुपर्ने बताएका छन् ।
उक्त कार्यक्रमको प्रशिक्षण मष्टा गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा हाल रूपन्देही जिल्लामा मौरी पालन र मह उत्पादन व्यवसाय सञ्चालन गर्दै आउनु भएका युवा उद्यमी कर्मराज रोकायाले गर्नु भएको थियो ।

































