थलारा गाउँपालिकामा सञ्चालित मानसिक स्वास्थ्य र सिर्जना परियोजनाको संयुक्त रूपमा अनुगमन गरीयो

Image
Nisarga Hospital

थलारा गाउँपालिकामा सञ्चालित मानसिक स्वास्थ्य परियोजना र सिर्जना परियोजनाको संयुक्त रूपमा अनुगमन गरिएको छ । युनाइटेड मिसन टु नेपाल दलित सहयोग समाज द्वारा सञ्चालित मानसिक स्वास्थ्य परियोजना र युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज द्वारा सञ्चालित सिर्जना परियोजनाको संयुक्त रूपमा अनुगमन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराको नेतृत्वमा गएको अनुगमन टोलिमा थलारा गाउँपालिका उपाध्यक्ष राम खाती, शिक्षा तथा समन्वय इकाइ,घरेलु तथा साना उद्योग, संस्थाका प्रमुख तथा प्रतिनिधि , ओसिएमसिका फोकल प्रशन, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

थलारा गाउँपालिका वडा नम्बर ६ मा रहेको भीमसेन भैरव फर्निचर उद्योग, चाउमिन उद्योग , सँगै सिर्जना परियोजनाको सहयोगमा सञ्चालनमा रहेका अन्य कार्यक्रम, समाजमा आएका परिवर्तन सहित प्रदान गरेका सामग्रीको उचित प्रयोग भए नभएको बारे अनुगमन गरिएको थियो भने । मानसिक स्वास्थ्य परियोजना अन्तर्गत भए गरेका काम सहित कोटभैरब स्वास्थ्य चौकीमा अनुगमन टोली सहित छलफल गरिएको थियो । अनुगमनका क्रममा थलारा गाउँपालिकामा परियोजना लागु भैसकेपछि धेरै परिवर्तन आएको देखिएको छ ।

CP Hospital Dhangadhi

थलारा गाउँपालिकाको कोट भैरव स्वास्थ्य चौकीमा मानसिक समस्या भएका ५० जना भन्दा बढि व्यक्ति आएको भएपनि अहिले २५ जनाले औषधि सेवन गरीरहेको र १० जना डिस्चार्ज भएर गएको कोट भैरव स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक भक्त राज पाण्डेले बताउनुभयो । युनाइटेड मिसन टु नेपाल दलित सहयोग समाज द्वारा सञ्चालित मानसिक स्वास्थ्य परियोजना लागु भैसकेपछि मानसिक समस्या भएका व्यक्तिहरू खुलेर आउन थालेको र दलित सहयोग समाजले औषधि समयमा नै दिने गरेकाले निको हुनेको दर पनि बढेको उहाँको भनाइ थियो । अझै यसलाइ प्रभावकारी बनाउन स्वास्थ्य संस्था बाहेक आमा समूह लाइ यसबारे बढि जानकारी दिन सके कार्यक्रम प्रभावकारी बन्दै जाने पाण्डेको भनाइ छ ।

अहिले यो परियोजनाले मानसिक समस्या भएर निको भैसकेका व्यक्तिलाइ पुनः त्यो अवस्थामा नफर्किउन भन्ने उदेश्यले विभिन्न सिप सिकाइ रहेको र आय आयआर्जन मूलक व्यवसायमा जोडिरहेको मानसिक परियोजना कोडिनेटर बिस्ना बमले बताउनुभयो ।

nawajiwan
Attariya Hospital

सिर्जना परियोजनाले स्थानीय स्तरमा नै रोजगारी सिजना गरी जिबीको पार्जन र खाद्य सुरक्षामा सहयोग पुर्‍याउने उदेश्यले काम गरीरहेको छ भने मानसिक स्वास्थ्य परियोजनाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्य सुधार गर्ने लक्ष्य सहित काम गरीरहेको छ दुबै परियोजनाले थलारा गाउँपालिका वडा नम्बर १ देखि ९ सम्म नै काम गरीरहेको छ ।

संस्थाले गरेको काम सन्तोष जनक देखिएको अनुगमन टोलिले बताएको छ । संस्थाले सानो बजेटमा पनि देखिने काम देखिने गरेको तर सरकारी स्तरबाट गरीने कामको रिजल्ट भने नदेखिने गरेको थलारा गाउँपालिका उपाध्यक्ष राम खातीले बताउनुभयो । साथै अहिले स्वास्थ्य क्षेत्रमा पालिकामा सुधार हुदै गएको पनि बताउनुभयो ।

परियोजनाबाट व्यवसायी बनेका विभिन्न व्यवसायीहरूले गाउमा नै महिलाको एक लाख भन्दा बढि आम्दानी हुने गरेको बताएका छन् । अझै पनि संस्था देखि पालिका बाट केही बजारीकरण देखि केही सामग्री पाइदिए काम गर्न थप हौसला थपिने बताएका छन् ।