टिकटकबाट गायब आयुष र एलिजे: ट्रोलको चाप वा रणनीति ?

Image
Nisarga Hospital

असामान्य अभिव्यक्ति दिएकाले टिकटकमा ट्रोल हुन थालेपछि टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीको टिकटक अकाउन्ट हराएको छ।

CP Hospital Dhangadhi

सोमबार बिहानदेखि यी दुईको टिकटक अकाउन्ट देखिन छोडेको हो। पाकिस्तानी मूलकी एलिजे जमालीको अकाउन्टमा २२ लाखभन्दा बढी फलोअर थिए भने नेपाली युवक आयुषको टिकटकमा १३ लाख फलोअर थिए।

हाल उनीहरूको युजरनेम खोज्दा पेज उपलब्ध नभएको सङ्केत देखिन्छ। एलिजेले इन्टाग्राममा भ्वाइस मेसेज पठाएर केही समयका लागि टिकटक डिएक्टिभेट गरेको जानकारी दिएकी छिन्। उनले ट्रोलको सामना गरिरहेका कारण यस्तो कदम चालेको र चाँडै फर्किने योजना रहेको बताएकी छिन्। साथै, उनले आफू नझुक्ने स्पष्ट पारिन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विशेषज्ञहरूले उनीहरूले टिकटक फलोअर गुम्न नदिन यस्तो जुक्ति अपनाएको हुनसक्ने अड्कल गरेका छन्।

गत हप्ता आयुषले काठमाडौंमा नयाँ घर किनेपछि आमा नानुसिंह ठकुरीसँगको विवादका कारण उनीहरू टिकटक ट्रोलको शिकार भएका थिए।

Dhnagadhi & Krishanapur