अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज मनाइँदै

Image
Nisarga Hospital

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १० मा यो दिवस विश्वभर मनाइने गरिन्छ। यस वर्ष दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

CP Hospital Dhangadhi

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७५ सालदेखि मानव अधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ। तर, यस वर्ष नियमावलीले तोकेको प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले जनाएको छ।

Attariya Hospital

मन्त्रालयका अनुसार पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता कोमलबहादुर खत्रीले अध्ययनपछि पुरस्कार व्यवस्थालाई नियमित बनाउने विश्वास दिलाएका छन्।

nawajiwan