बझाङको बुङगल नगरपालिकामा २५ जना पुरुषले लिए स्थायी बन्ध्याकरणको सेवा

Image
Nisarga Hospital

बझाङः स्वास्थ्य कार्यालय बझाङले जिल्लाको बुङगल नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएको पुरुषहरूका लागी स्थायी बन्ध्याकरण शिविरमा २५ जना नागरिकले सेवा लिएका छन् ।

CP Hospital Dhangadhi

पौष ३ गते देखि नगरपालिका भित्रका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट २५ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडीले बताउनुभयो ।

पौष ३ गते बुङगल नगरपालिकाको दहबगर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको पुरुष बन्ध्याकरण शिविरमा ९ जना पुरुषले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । जसमा देउलीकोट स्वास्थ्य चौकिमा ५ जना , खिरातडी स्वास्थ्य चौकीमा भएको शिबीरमा ६ जना र कफलसेरी स्वास्थ्य चौकिमा भएको शिबीरमा ५ जनाले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको जनस्वास्थ्य निरीक्षक ऐडीको भनाइ छ ।

nawajiwan
Attariya Hospital

स्वास्थ्य कार्यालय बझाङ्गको आयोजना तथा बुङ्गल नगरपालिका खिरातडी बझाङको सहकार्यमा उक्त शिबीर सञ्चालन गरिएको हो । सन्तानको रहर पूरा भएका नागरिकले स्थायी बन्ध्याकरण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शिबीरमा स्वास्थ्य चौकीका मेडिकल अधिकृतहरू, जिल्ला अस्पतालका सिनियर अहेव अधिकृत देवराज रताला, जनस्वास्थ्य निरीक्षक रामचन्द्र जोशी, स्वास्थ्य कार्यालय बझाङका जन स्वास्थ्य निरीक्षक दीपक ऐडि , ,दिपेन्द्र मिश्र लगाएतको चिकित्सकहरूको टोलिले सेवा दिएका छन् ।