
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ। सोमबार बसेको सचिवालय बैठकले सभापति रवि लामिछानेको पद निलम्बन भएपछि अर्याललाई यो जिम्मेवारी दिएको हो।

कास्की प्रहरीले सम्पत्ति शुद्धिकरण ऐनअनुसार लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि पार्टीले यो निर्णय लिएको हो। बैठकमा समसामयिक राजनीति र भविष्यको रणनीतिबारे पनि छलफल भइरहेको जनाइएको छ।


































