कैलालीको गोदावरीबाट लागूऔषधसहित ३ युवक पक्राउ

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका क्षेत्रबाट ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २३ वर्षीय कमलेश बम, वडा नम्बर २ बनखेत बस्ने २१ वर्षीय अमित सार्की र २५ वर्षीय विरेन्द्र साँउद रहेका छन्।

CP Hospital Dhangadhi

पक्राउ परेका कमलेश बमको साथबाट ७२० मिलिग्राम हेरोईन, अमित सार्कीको साथबाट २० ट्याब्लेट लागूऔषध, र विरेन्द्र साँउदको साथबाट १६ ट्याब्लेट लागूऔषध स्पास्मो बरामद भएको प्रहरीले जानकारी दिएको छ।

Attariya Hospital

उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

nawajiwan