कैलालीको गोदावरी धाममा बजेट अभावका कारण राम जानकी मन्दिर निर्माणमा अधुरै !

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका-४ मा निर्माणाधीन राम जानकी मन्दिर बजेट अभावका कारण अधुरै रहेको छ। धार्मिक र सांस्कृतिक महत्व बोकेको यो मन्दिरको निर्माण कार्य २०७४ सालको राम नवमीका दिन शिलान्यास गरेर सुरु गरिएको थियो। तर, ७ वर्षको अवधिसम्म पनि पहिलो तलाको छानो मात्र लगाएको देखिन्छ ।

CP Hospital Dhangadhi

nawajiwan

२०७४ सालमा राम नवमीका दिन शिलान्यास गरेर निर्माण सुरु गरिएको उक्त मन्दिर बजेट अभावका कारण निर्माण अधुरै रहेको हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र शाहीले बताए । उनले मन्दिर निर्माणका लागि ५ करोड ९३ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर गोदावरी नगरपालिका र वन तथा पर्यटन मन्त्रालय सुदूरपश्चिम प्रदेश बाट १ करोड ३५ लाख बिनियोजन भएको र जनस्तरबाट करिब १ करोड जिन्सी तथा नगद सहयोग भएर अहिले सम्म निर्माण कार्य भएको बताए । फाउन्डेसन र पहिलो तलाको छाना लेन्टरको काम सम्पन्न भए पनि बजेट अभावले मन्दिर निर्माण कार्य रोकिएको उनले बताए ।

मन्दिरको भुईतलामा ध्यान केन्द्र, भगवान रामको संग्रालय र माथिल्लो तलामा पाँच ओटा मन्दिर (रामपञ्चायन) भगवान सुर्य, गणेश, शिव र भगवती देवीको मन्दिर साथै बिचमा राम दरबार ६५ फिट अग्लो र छेउका चार मन्दिरहरु ३२ ३२ फिट अग्ला रहने अध्यक्ष शाहीले बताए । उनले आर्थिक अभावले गर्दा अहिले निर्माण कार्यमा समस्या भएकाले बिभिन्न निकायमा आर्थिक सहयोगको अपेक्षा गरेको बताए । अध्यक्ष शाहीले स्थानीय, प्रदेश र संघीय सरकारसँग पटक-पटक सहयोगको आग्रह गरे पनि पर्याप्त बजेटको व्यवस्था हुन नसकेको बताएका छन् । डीपीआर अनुसार २०८४ सालमा हुने गोदावरी धाममा महाकुम्भ मेलाअगावै मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।

Attariya Hospital

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले नगरपालिकाकै स्रोतले नहुने भएकाले प्रदेश र संघिय सरकारलाई गुहार्नुपर्ने भएकाले र प्रक्रियामा जादाखेरी पनि सबै ठाउँबाट सहयोग प्राप्त नभएको अवस्थामा नगरपालिका सहित मिलेर केही रकम व्यक्तिगत र केही स्थानिय सरकारबाट रकम सहयोग निरन्तर गरेर निर्माण कार्य सुचारु भएको बताए । उनले २०८४ मा गोदावरी धाममा हुने महाकुम्भ मेलाअगावै निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको बताउदै धार्मिक स्थल गोदावरीमा ठुलो संरचना निर्माण भईरहेकाले प्रदेश सरकारलाई पनि आगामी बर्षमा सहयोग गरिदिन आग्रह गरेका छन् । गोदावरी धामको धार्मिक महत्वलाई मध्यनजर गर्दै राम जानकी मन्दिरको निर्माण पूरा भएमा सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास लिईएकोे उनले बताए । उनले हनुमान मन्दिर परिसरमा अयोध्याको राम जानकी मन्दिरको स्वरूपअनुसार निर्माणाधीन यस मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको बताए ।

हनुमान मन्दिर सेवा समितिका सदस्य डा. नर बहादुर मौनीले आर्थिक अभावका कारण लामो समयदेखि मन्दिर निर्माण कार्य अलपत्र परेको बताउदै उनले चाडो निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनका निमित्त सबैसंग सहयोगका लागि आग्रह गरेका छन् । उनका अनुसार मन्दिर निर्माणले गोदावरी क्षेत्रको सांस्कृतिक पहिचानलाई अझै मजबुत बनाउन मद्दत गर्नेछ ।

गोदावरी क्षेत्रका अन्य संरचनाहरू पनि बजेट अभावकै कारण अधुरो अवस्थामा रहेका छन् । हनुमान मूर्तिको पछाडि निर्माणाधीन राम मन्दिर बने गोदावरीको पर्यटन विकासमा पनि टेवा पुग्ने स्थानियको भनाई छ । गोदावरी धामकै समग्र विकासका लागि संघीय सरकारदेखि स्थानीय तहसम्मको समन्वय गरी मन्दिरको निर्माणले धार्मिक, सांस्कृतिक र आर्थिक क्षेत्रहरूमा व्यापक योगदान पुर्याउने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयबासीको माग छ ।

godawari Dham, hanumanmandir

गोदावरी मन्दिर मात्र होइन, गोदावरी धामकै समग्र विकासका लागि संघीय सरकारदेखि स्थानीय तहसम्मको समन्वय आवश्यक रहेको छ। मन्दिरको निर्माणले धार्मिक, सांस्कृतिक, र आर्थिक क्षेत्रहरूमा व्यापक योगदान पुर्‌याउने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयबासीको माग छ।