विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री आरजुको आग्रह

Image
Nisarga Hospital

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा नेपालका लागि इसराइली राजदूत समुलिक एरी बास सँग उनले नेपाली विद्यार्थी विपीनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इसराइल सरकारसँग आग्रह गरेका हुन्।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इसराइली राजदूतसँग जानकारी लिएकी हुन्।

nawajiwan

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत् इसराइल सरकारलाई आग्रह गरेकी हुन्।

राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इसराइल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको बताएका थिए।

Attariya Hospital

सन् २०२३ को अक्टोबरमा इसराइली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन्। उनीहरूमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ।

हमासले पहिलो चरणमा महिला, बालबालिका र बृद्धबृद्धाहरु अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले विपीनलाई पनि रिहाइका लागि पहल गर्न नेपाल सरकारले आग्रह गरेको हो।

विपीनको रिहाइका लागि सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ।