लोकेन्द्र -मोहन युवा बर्ष सम्मान द्वारा युवा गायक चन्द सम्मानित

Image
Nisarga Hospital

स्वर्गीय लोकेन्द्र बहादुर शाह र स्वर्गीय मोहन बहादुर शाहको स्मृतिमा स्थापना भएको लोकेन्द्र- मोहन युवा बर्ष सम्मान २०२४द्वारा धनगढीका प्रेम बिवश चन्द सम्मानित हुनु भएको छ ।
धनगढी जेसिजको ४२औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा गायक एवं सञ्चारकर्मी चन्द लाई डेउडा र लोक दोहोरी गीत गायन संगै संरक्षण ,सम्बर्द्धनमा टेवा पुर्‍याउनुका साथै युवाहरूलाई सामाजिक क्रियाकलापमा उत्साहित गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरिएको हो ।

CP Hospital Dhangadhi

धनगढी जेसिज बर्ष २०२४ का अध्यक्ष अरुण सिंहको अध्यक्षतामा भएको धनगढी जेसिजको ४२औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता , पुर्ब मन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा प्रमुख अतिथि रहनु भएको थियो ।

बिक्रम सम्बत २०५२ सालमा आफ्ना हजुर बुवा र बुवाको सम्झनामा स्थापना भएको लोकेन्द्र -मोहन स्मृति प्रतिष्ठानबाट बिगत १२ बर्ष देखि निरन्तर हरेक बर्ष १ जना युवा प्रतिभालाई सम्मान गर्ने गरिएको नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री समेत रहनु भएका लोकेन्द्र – मोहन स्मृती प्रतिष्ठानका अध्यक्ष नर नारायण शाह मनु ले बताउनु भयो ।
लोकेन्द्र- मोहन स्मृति प्रतिष्ठानद्वारा समाजमा रचनात्मक सामाजिक क्रियाकलाप गर्न उत्साहित गर्ने १ जना युवालाई हरेक बर्ष सम्मान गर्ने गरिएको लोकेन्द्र-मोहन युवा सम्मान विशेष गरि धनगढी जेसिजको पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रममा प्रदान गर्दै आएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बैतडी जिल्लाको शिवनाथ गाउँपालिका ४ बैतडीमा बुवा बली चन्द र आमा जनमती चन्दको साहिला सन्तानको रूपमा वि.स.२०५५ वैशाख २४ गते जन्मिएका गायक एवं सञ्चारकर्मी चन्द डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति कोषाध्यक्ष , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति प्रवक्ता ,हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल ,लाइन्स क्लब लगायतका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहनु भएको छ ।

Dhnagadhi & Krishanapur