
धनगढी ः नोभा अस्पताल प्रालि धनगढीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. दिप पोख्रेल सहितको टिमद्वारा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको हो । सिद्धनाथ मावि, ब्रह्मदेव, कञ्चनपुर शिविरको आयोजना गरेका जनाएको छ ।
शिविरमा हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, पित्तथैलीको पत्थरी लगायत विभिन्न शारीरिक समस्याहरूको निःशुल्क परीक्षण, आवश्यक परामर्श तथा सर्जरीको सुविधा प्रदान गरिएको थियो ।


शिविरमा सय जना भन्दा बढी बिरामीहरूलाई सर्जरीसम्बन्धी सेवा प्रदान गरिएको हो । यसले दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यलाई सफलतापूर्वक पूरा गरेको छ ।
नोभा अस्पताल परिवारले यस स्वास्थ्य शिविरमा सहयोग गर्ने स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति, र सबै स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद गरेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने अस्पतालले जनाएको छ ।





























