बझाङमा निमोनियाका कारण दुई शिशुको मृत्यु

Image
Nisarga Hospital

बझाङ: बझाङमा निमोनियाका कारण दुई शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा बुंगल नगरपालिका ९ का ६ महिने शिशु र केदारस्युँ गाउँपालिका ५ का २ महिने शिशु रहेका छन । विगत केही दिन देखि यी नवजात शिशुमा रुघाखोकी र स्वास प्रश्वास सम्बन्धित समस्या देखिएको थियो ।

CP Hospital Dhangadhi

बुंगल नगरपालिका वडा नम्बर ९ का ६ महिने शिशुको खिरातडी स्वास्थ्य चौकी ल्याउने क्रममा ६ गते बाटोमै मृत्यु भएको थियो भने त्यसको भोलिपल्टै अर्थात् माघ ७ गते फेरि केदारस्युँ गाउँपालिका ५ का २ महिने शिशुको पनि खिरातडी स्वास्थ्य चौकीमा उपचार सम्भव नभए पछि डडेलधुरा रिफर गरेकोमा अस्पताल नपुर्‍याउदै बिचबाटोमै मृत्यु भएको खिरातडी स्वास्थ्य चौकीमा कार्यरत डाक्टर दिल बहादुर गुर्धामी जानकारी दिनुभएको छ ।

बच्चाहरूलाई समयमा अस्पताल नल्याउने र बच्चा सिकिस्त अवस्थामा पुगे पछि मात्र अस्पताल ल्याउने गर्ने प्रवृतिले बच्चाहरूको मृत्यु हुने गरेको गुर्धामीले बताउनु भयो ।

nawajiwan
Attariya Hospital

बच्चाहरूमा ज्वरो ,रुघाखोकी र स्वास प्रश्वास सम्बन्धी समस्या देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा देखाउन र स्वास्थ्यकर्मीको सल्लाह अनुसार समयमै उपचार गराउन समेत अनुरोध गरेका छन् ।

आम सर्वसाधारण जनता तथा सेवाग्राहीहरू लाइ मान्यता प्राप्त स्वास्थ चौकी र स्वास्थ्यकर्मीहरूको सल्लाह अनुसार उपचार गर्न सबैलाई आग्रह गरेका छन ।