बुङगल नगरपालिकामा एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

Image
Nisarga Hospital

बझाङ: बुङगल नगरपालिकामा एचपिभि खोप दिने स्वास्थ्यकर्मिहरू लाइ अभिमुखीकरण कार्यक्रम गरिएको छ । बुङगल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

CP Hospital Dhangadhi

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेकाले खोपमा संलग्न हुने स्वास्थ्य कर्मिलाइ पुर्ब तयारी स्वरूप उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

nawajiwan
Attariya Hospital

बुङगल नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेश कुँवरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशी , नगरपालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थाबाट २२ जनाको सहभागीता रहेको थियो ।

बुङगल नगरपालिकामा ३९ खोप केन्द्रबाट २ हजार ५८ जना किशोरीलाइ खोप लगाउने लक्ष्य रहेको छ । यो अभियानमा २ सय १७ स्वास्थ्यकर्मी र ४ सय ३४ स्वयंसेवक खटीने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताउनुभयो ।

स्वास्थ्यकर्मीलाई खोप अधिकृत जोशीले यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरेको एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुनेगरी तयारी गर्न आग्रह गर्नुभयो ।