बझाङमा रनिङ शिल्ड प्रतियोगितामा कबड्डी खेल्ने क्रममा खेलाडीको हात भाँचियो

Image
Nisarga Hospital

बझाङको केदारस्यूँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक खेलाडीको हात भाँचिएको छ ।
सोमबारदेखि भैरव माद्यामिक विद्यालय झोताको प्राङ्गणमा भएको सुरु भएको चौथो  अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कबड्डी खेल्ने क्रममा खेलाडीको हात भाँचिएको हो ।

CP Hospital Dhangadhi

प्रथम स्थानका लागि भैरव माध्यमिक विद्यालय झोता र शिक्षोदय माध्यमिक विद्यालय बागथला बिच भएको छात्र तर्फको कबड्डी खेलमा सुवास धामीको हात भाँचिएको छ । धामी भैरव माध्यमिक विद्यालयका विद्यार्थी हुन । उनको कबड्डी खेल्ने क्रममा बिपक्ष टिमका खेलाडीले रोक्ने क्रममा खेलाडी शरीर माथि चढ्दा हातमा चोट लागेको थियोे ।

Attariya Hospital

तर उनको एक्सरे गर्दा हात भाँचिएको देखिएको छ । अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
यश बिषयमा सुदूर खबरले केदारस्यूँ गाउँपालिका खेलकुद समिति अध्यक्ष साजन मल्ल सँग बुझ्दा धामीको उपचार आयोजक खेलकुद समितिको बिमा मार्फत गरिने बताउनुभएको छ । उनले भने नघट्नु पर्ने घटना घटेको छ । हामी निकै दु:खी छौ , साथै उनले धामीको सबै उपचार खर्च खेलकुद समिति र स्थानीय सरकारले गर्ने समेत बताएका छन् । अध्यक्ष मल्लले धामीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

nawajiwan

प्रतियोगिता शुक्रबार समापन भएको छ । उपाधि भैरव माध्यमिक विद्यालय झोताले हात पारेको छ ।