विद्यार्थी लाई ट्राफिक सम्बन्धी सचेतता मुलक कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः हेमा फाउन्डेसन नेपालको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला,कैलालीको समन्वयमा गौरीगंगा २ मा रहेको मालिका माध्यमिक बिधालय कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरु लाई सडक सुरक्षा तथा ट्राफिक सम्बन्धी सचेततामुलक कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

सडक दुर्घटनाका घटना वृद्धि हुन थालेपछि बिधालयस्तर बाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिद्यार्थी सँग ट्राफिक प्रहरी कार्यक्रम संचालन गरिएको आयोजक हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले जानकारी दिनु भएको छ। कार्यक्रम अन्तर्गत गौरीगंगा नगरपालिकाका ५ वटा बिधालयमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने आयोजकले जनाएको छ। विद्यार्थीले ब्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले बिद्यार्थी सँग ट्राफिक प्रहरी सचेतना कार्यक्रमले उनिहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने गौरीगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडीले बताउनुभयाे ।

सचेतना कार्यक्रममा बिद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँडनुपर्ने,नियम पालना गर्नुपर्ने,सवारी चलाउँदा ध्यानफदिनु पर्ने लगायतका चेतनामुलक विषयबारे जानकारी दिएको र परिवार अनि समुदायमा पनि सचेतना जगाउने कार्यमा महत्वपूर्ण भुमिका रहने प्रशिक्षक तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख मदन बहादुर ऐरले बताउनु भएको छ। बिधालयका ब्यवस्थापन समिती सदस्य चन्द्र कडेँलले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको संचालन फाउन्डेसनका सदस्य नवीन चन्दले गर्नुभएको थियो।