स्याउलेमा सारदा फुटबल लिग शुरु

Image
Nisarga Hospital

धनगढीः कैलालीको स्याउलेमा सारदा फुटबल लिग शुरु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा सारदा फुटबल लिग शुरु भएको हो । स्याउलेमा रहेको सारदा बिद्या निकेतनको आयोजनामा सुदुरपश्चिम प्रदेश स्तरिय अन्तर बिद्यालय फुटवल प्रतियोगिता शुरु भएको हो । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काले प्रतियोगिताको उद्घाटन गरेकि छिन् । उद्घाटन गर्दै उनले आर्थिक अभाव र खेलको वातावरण नहुँदा सुदुरपश्चिममा खेलकुदको बिकास अपेक्षित रुपमा हुन नसकेको बताइन् । पछिल्लो समय खेलमा निकै रुची बढिरहेपनि राज्यको लगानी हुन नसकेको उनले बताइन् । नयाँ बजेट बनाउँदासम्म आफु मन्त्रालयमै रहे खेल क्षेत्रका लागी उचित बजेट बिनियोजन गर्ने उनले बताइन् ।

CP Hospital Dhangadhi

क्षेत्रमा बिद्यालय स्तरिय फुटबलको बिकास गर्ने उद्देश्य सहित फुटवल प्रतियोगिता आयोजना गरिएको सारदा बिद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले बताए । प्रतियोगितामा ५ टिमको सहभागिता छ । प्रतियोगिताका बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उप– बिजेताले नगद २५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने उनले जानकारी दिए । यस्तै सबोत्कृष्ट खेलाडीले नगद २ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र, उत्कृष्ठ गोलरक्षकले नगद १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र, उदयमान खेलाडीले नगद १ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र र प्लेयर अफ द म्याचले प्रत्येक खेलको ५ सय रुपयाँ नगद प्राप्त गर्ने बिद्यालयका प्रबन्ध निर्देशक शाहीले बताए ।

Attariya Hospital

प्रतियोगितालाई वाइवाई, निसर्ग हस्पिटल, ओसन पब्लिकेसन, इमेज होटल, ड्रिम लिकं धनगढी, श्रीपेच एजुकेशन, दिब्य कलेज, एस।पि।ए, मायामेट्रो हस्पिटल, रुटिन अफ सुदुरपश्चिम बन्द, गुरुकुल एकेडेमी, कामिक्षा डेरी, रोयल सुट हाउस, डि।टु क्याफे, श्री कलेज अफ म्यानेज्मेन्ट, बिनोद शाही लगायतले प्रायोजन गरेका छन् ।

nawajiwan