
धनगढी ः नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमको धार्मिक भ्रमणमा निस्किएका छन्। उनी पत्नी अन्जना केसी थापासहित आज दिनभर सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका धार्मिक स्थलमा भ्रमण गरिरहेका छन्। बुधबार बेलुका धनगढी पुगेका महामन्त्री थापा बिहीबार बिहानै धार्मिक यात्रामा निस्किएका हुन्।

उनले बाजुरास्थित बडिमालिका, खप्तड, बैतडीस्थित त्रिपुरासुन्दरी, दार्चुलास्थित मालिकाजुर्न , डडेल्धुरास्थित उग्रतारालगायतका शक्तिपिठमा दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनी निकट कैलालीका नेता लोकराज पाण्डेले जानकारी दिए।

उनी नितान्त धार्मिक र निजी पारिवारिक भ्रमणका लागि सुदूरपश्चिम आएको पाण्डेले बताए। नेता थापा आजै बेलुका काठमाडौं फर्किने बताइएको छ।































