जयपृथ्वी नगरपालिकामा दुर्घटनाको अति जोखिमयुक्त स्थानको पहिचान गरी ट्राफिक सचेतना बोर्ड राखियो

Image
Nisarga Hospital

बझाङ: जयपृथ्वी नगरपालिका भित्रका दुर्घटनाको अति जोखिमयुक्त स्थानहरूको पहिचान गरी आज ट्राफिक सचेतना बोर्ड राखिएको छ। वडा नं ११ को सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले “ब्ल्याक स्पट”का रूपमा चिनिएको भोपुर स्थित मोडमा यो बोर्ड स्थापना गरेको हो।

CP Hospital Dhangadhi

उक्त क्षेत्र सवारी साधनहरू तीव्र गति र मनोमानी गतिमा चलाइने ठाउँ भएकाले दुर्घटना बढी हुने स्थान हो। यसलाई ध्यानमा राख्दै, सम्भावित दुर्घटनाको जोखिम घटाउन र सवारी चालकहरूलाई सचेत गराउन बोर्ड स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

nawajiwan
Attariya Hospital

बोर्ड स्थापना गरेर चालकहरूलाई सचेत बनाउन सकिने र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद कुमार बिष्टका अनुसार, यो प्रयासलाई अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना छ, स्थानीय तहसँग समन्वय गर्दै।

त्यसैगरी, तीव्र गतिमा गाडी चलाउनु, मादक पदार्थ सेवन गर्नु, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको दुरावस्थाजस्ता कारणहरू दुर्घटनाका प्रमुख कारक हुन्।