मानव सेवा आश्रमले भवन निर्माणको स्रोत जुटान महायज्ञ लगाउदै

Image
Nisarga Hospital

धनगढी ः मानव सेवा आश्रमले भवन निर्माणको स्रोत जुटान महायज्ञ लगाउने भएको छ। धनगढीमा भवन निर्माण प्रयोजनका लागि अर्थ सङ्कलन गर्न महायज्ञको आयोजना गर्ने लागिएको हो।मानव सेवा आश्रमले २३ माघदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना गर्ने भएको छ।

CP Hospital Dhangadhi

आयोजक मानव सेवा आश्रमले धनगढीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै ३० माघसम्म महायज्ञ सञ्चालन हुने बताएको छ। धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलस्थित सुदूरपश्चिम महोत्सव हुने स्थानमा महायज्ञ लाग्ने मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। धनगढी शाखाको करिब दुई सय जना सडक मानवलाई व्यवस्थापन गर्ने गरि भवन निर्माण गर्न आर्थिक स्रोत जुटाइने उद्देश्यले महायज्ञ लगाइने भएको हो।

Attariya Hospital

मानवको मन्दिर निर्माण गरि सहयोगापेक्षी बेसहारा मानवको सेवा प्रदान गर्न, सुदूरपश्चिम प्रदेशलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त बनाउने, २०८२ सालभित्र सिङ्गो मुलुकलाई सडक मानव मुक्त नेपाल घोषणाको आधार तय गर्न, जेष्ठ नागरिकका लागि मनोरञ्जन केन्द्र स्थापना र मानवता अध्ययन केन्द्रको स्थापना गर्न उद्देश्य पनि महायज्ञ आयोजनाका उद्देश्य भएको उनले बताए।महायज्ञमा विभित्र सांस्कृतिक झाँकी, कलश यात्रा, भुवा, हुड्केउली, भुवा, गौरा सखियासहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा, प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म पतंजली योग शिविर, विद्यार्थीका लागि शैक्षिक ज्ञान कार्यक्रम, दैनिक साँझ साढे ४ बजे आरती तथा प्रसाद वितरण गरिने मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले बताए।महायज्ञमा कथावाचक कमलनयन गौतमले बिहान ११ः३० देखि साँझ ४ः३० बजेसम्म संगितमय श्रीमद भागवत कथा वाचन गर्नेछन्।

nawajiwan

यस्तै, पञ्चायन पूजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ परायण हुनेछ।महायज्ञमा स्वास्थ्य शिविर, फोटो प्रदर्शनी, प्रसाद वितरण पनि गरिने आयोजकले जनाएको छ। महायज्ञबाट भवन निर्माणका लागि कम्तीमा पाँच करोड सङ्कलन हुने अपेक्षा गरिएको छ भने ४० लाख जति व्यवस्थापन खर्च हुने मूल आयोजक समितिले जनाएको छ।