“कर्णालीका भेल” सार्वजनिक, मौलिक लोकसंस्कृतिको संरक्षणमा नयाँ प्रस्तुति

Image
Nisarga Hospital

अत्तरिया: नेपाली लोकसङ्गीतमा मौलिकता झल्काउने पुरानो गितलाई नयाँ पनसँगै नयाँ कलाकारको प्रस्तुतीमा “कर्णालीका भेल” सार्वजनिक भएको छ। गायक हरिचन्द्र कडायत र हरिना साउदको स्वरमा रहेको यो गीतलाई हरिचन्द्र कडायत र अनिता चलाउनेले स्वर भर्दै कर्णाली क्षेत्रको मौलिक लोकसंस्कृति, परम्परा, र संगीतलाई जीवन्त बनाउने प्रयास गरेको छ।

CP Hospital Dhangadhi

गीतमा हरिचन्द्र कडायतको शब्द तथा सङ्गीत रहेको छ भने संगीत संयोजन बिनोद बजुरालीले गरेका छन्। खडक बजुरालीको मिक्सिङ तथा मास्टरिङ रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियो पक्षमा बिक्रम चौहानको निर्देशन रहेको छ भने सहायक कोरियोग्राफरको रूपमा राजाराम सिम्खडा रहेका छन्। गीतमा चर्चित गायक तथा मोडेल चक्र बम, गीता ढुंगाना, र अनिता चलाउनेको आकर्षक अभिनय गरेका छन ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सिनेमाटोग्राफर प्रकाश खड्का र महेश महराको उत्कृष्ट छायाङ्कन तथा मिलन विश्वकर्माको दृश्य सम्पादनले भिडियोलाई थप आकर्षक बनाएको छ। सरिता मगरको मेकअप, भ्यालेन्टिनो द बुटिक र सुक्निता चौलागाईंको पहिरन डिजाइनले कलाकारहरूको प्रस्तुतीलाई थप जीवन्त बनाएको छ।

भिडियो निर्माणमा बी. स्टार फिल्म्सको पोस्ट प्रोडक्सन रहेको छ भने के ६ नेपालले मिडिया साझेदारको भूमिका निर्वाह गरेको छ। कञ्चन सिंह बमले क्रिस्टल सङ्ग्रह व्यवस्थापन गरेका छन्।

यो गीतले नेपाली मौलिक लोकसङ्गीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। “कर्णालीका भेल” अहिले अनिता चलाउने अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

Dhnagadhi & Krishanapur