मानवसेवा आश्रमद्वारा सुदूरपश्चिमका ४ व्यक्तित्व सम्मानित

Image
Nisarga Hospital

धनगढी :  मानवसेवा आश्रमले सुदूरपश्चिमका ४ जना प्रतिष्ठित व्यक्तित्वहरूलाई  सम्मान गरेकाे छ । आइतबार महायज्ञकाे अवसरमा  सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरूकाे कार्यकाे उच्च मूल्याङ्कन गर्दै  आश्रमले प्रमाण-पत्र खादा  रूद्राक्ष  मालासहित सम्मान गरेकाे हाे ।

CP Hospital Dhangadhi

सम्मानित हुनेहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा जाेखिमपूर्ण साइकल यात्रा गरी आन्तरिक पर्यटन प्रवद्धर्नमा टेवा पुर्याएका गाेदावरी नगरपालिका-८ मझगाउँ निवासी भरतविक्रम शाह,  १०८ पटक रक्तदान गरी मानव जीवन रक्षार्थ पुर्याएकाे याेगदान कदर गर्दै  धनगढी उपहानगरपालिका ५ निवासी दीपक प्रसाद उपाध्यायलाई सम्मान गरेकाे हाे ।

Attariya Hospital

त्यस्तै  सुदूरपश्चिम प्रदेशकाे समग्र शिक्षा क्षेत्रकाे विकासमा पुर्याएकाे याेगदानकाे उच्च मूल्याङ्न गर्दै  सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार तथा शिक्षाविद्  धनगढी उपहानगरपालिका-५ निवासी प्रा.डा.  हेमराज पन्त र धनगढी उपमहानगरपालिका – ५ निवासी एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई समेत सम्मान गरिएकाे छ । भट्टले सुदूरपश्चिम प्रदेशकाे शिक्षा क्षेत्रक र समग्र विकासमा पुर्याउन याेगदानकाे लागि सम्मान प्रदान गरिएकाे आश्रमले जनाएकाे छ ।सुदूरपश्चिम प्रदेशका मूर्धन्य व्यक्तित्वहरूलाई आश्रमले सम्मान गर्न पाउनु गर्वकाे कुरा रहेकाे  मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयाे ।

nawajiwan

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञकाे आयाेजना गरेकाे हाे । माघ २३ गतेदेखि धनगढीको  पशुपति टोलमा सुरू भएको महायज्ञ (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।