
बैतडी: बैतडीको सिगास गाउँपालिका वडा नं. ६ लेकममा खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वडा नं. ६ भित्रका युवाहरु मिलि खुला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

महाशिवरात्री पर्व २०८१ को अवसरमा “खेल सँगै मित्रता : हामी सबैको एकता” भन्ने मूल नाराका साथ सिगास गाउँपालिका वडा नं. ६ लेकममा खुला भलिबल प्रतियोगिता आयोजना हुने प्रतियोगिताका संयोजक श्याम साउदले जानकारी दिनुभयो ।

१४ गते गणेश माध्यमिक विद्यालयको खेलमैदानमा हुने खुला भलिबल प्रतियोगितामा सहभागी जनाउन १३ गते बेलुकासम्म टिम दर्ता समय तोकिएको छ भने प्रथम पुरस्कार रु १० हजार सहित प्रमाणपत्र, द्वितीय पुरस्कार रु ५ हजार सहित प्रमाणपत्र र तृतीय पुरस्कार रु २ हजार ५ सय सहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
































