धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा फागुन ८ देखि शुरू भएको प्रादेशिक ललितकला प्रदर्शनी भव्यरूपमा सम्पन्न भएको छ। प्रदर्शनीमा सुदूरपश्चिमका कलाकारहरूका दुइ सय बढी कलाकृति हस्तकला, चित्रकला, मुर्तीकला र लोककला राखिएको र बीस हजार बढीले अवलोकन गरेको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले बताए।  सुदूरपश्चिममा पछाडि परेको ललितकला बिधालाई अगाडि बढाउन र कलाकारको सम्मानको लागि प्रादेशिक प्रदर्शनी राखिएको उपकुलपति जोशीले बताए। यसबाट छानिएका कलाकृतिलाई राष्ट्रिय पुरस्कारसमेत प्रदान गरिने जोशीले बताए। सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको कार्यालयमा भएको प्रदर्शनीको सोमबार समापन भएको छ। समापन समारोहमा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रदेशको कला, सभ्यता र संस्कृतिलाई जीवन्त राख्नु आवश्यक रहेको बताइन्। उनले सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानलाई अधिकार र स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकार लागिपरेको बताइन्।

CP Hospital Dhangadhi
Attariya Hospital

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रदेश सभा सदस्य शिवसिंह ओली, पूर्व सांसद यज्ञराज पाठक, प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार,सामाजिक विकास मन्त्रालयका सचिब चक्रपाणि पाण्डेय,नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञ परिषद सदस्य प्रदीप अधिकारी, प्राज्ञ तारा प्रसाद ओझा लगायतले मन्तव्य राखे। समारोहमा उपकुलपति जोशी र प्रमुख अतिथि राज्यमन्त्री खड्काले ललितकला बिधामा योगदान पुर्याऊने भोजप्रकाश मल्ल,तिलक बहादुर सिंह, सानु चौधरी र बिन्नी गुप्तालाई सम्मानित गरिएको थियो। यसेगरि कार्यक्रम सफल पार्न योगदान पुर्याऊने बिभिन्न ब्यक्तित्वलाई समेत सम्मानित गरियो प्रदर्शनीको फागुन ८ गते बिहीबार प्रदेश सभाका सभामुख भीम भण्डारीले उद्घाटन गरेका थिए।

nawajiwan