
भाइरल गायिका रेखा पोखरेल को आवाजमा रहेको नयाँ गीत “नरिसाउ सरी छ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा मुकुन्द पौडेल को शब्द तथा संगीत रहेको छ भने यम थापा मगर ले एरेञ्ज गरेका छन्। गीतको रेकर्डिङ रामेश खड्का ले गरेका हुन् भने बिनोद परियार ले मिक्सिङ र मास्टरिङ गरेका छन्।
म्यूजिक भिडियोमा शिशिर सापकोटा को क्यामेरा रहेको छ भने सम्पादन र रंग संयोजन राजकुमार मगर ले गरेका छन्। भिडियो ओजोन स्टुडियो मा तयार पारिएको हो।




भाइरल गायिका रेखा पोखरेलको सुमधुर आवाज, मर्मस्पर्शी शब्द तथा उत्कृष्ट भिडियो प्रस्तुतिले श्रोता-दर्शकमाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।



































