नेपालमा एमसीसीअन्तर्गतका केही कार्यक्रम अघि बढाउने अमेरिकी अनुमति

Image
Nisarga Hospital

अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ। एमसीए नेपालका अनुसार अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा भइरहेका बेला निश्चित कार्यक्रमहरू कार्यान्वयन गर्न अनुमति प्राप्त भएको हो।

CP Hospital Dhangadhi

एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। तर, यो अनुमतिले समीक्षाबाट निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत गर्दैन।”

Attariya Hospital

अमेरिकाले अघि बढाउन अनुमति दिएको कार्यहरूमा महत्त्वपूर्ण खरिद प्रक्रिया र कार्यालय सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यहरू समेटिएका छन्। एमसीए नेपालले काम पुनः सुरु गर्न व्यवस्थापन गरिरहेको बताउँदै परियोजनाको पारदर्शिता कायम राख्ने प्रतिबद्धता जनाएको छ।

nawajiwan

यसअघि गत फेब्रुअरीमा अमेरिकी सरकारले नेपालले एमसीसीअन्तर्गत पाएको अनुदान भुक्तानी ९० दिनका लागि स्थगित गरिएको जानकारी नेपाल सरकारलाई दिएको थियो। एमसीए नेपालले समीक्षाको अद्यावधिक विवरणको प्रतीक्षा गर्दै नेपाल सरकार र एमसीसीसँग समन्वय जारी राखेको जनाएको छ।