लाजका कारण स्वास्थ्य समस्या लुकाउने गर्छन् ग्रामिण बस्तिका महिलाहरु

Image
Nisarga Hospital

बझाङ्गः केदारस्युँ गाउपालिकाकी वडा नम्बर १ कि ७२ बर्षिया महिलाको पाठेघरमा समस्या भएको बर्षौ दिनभयो । तर पनि उनले उक्त कुरालाई भन्न लाज मानेर समस्या लुकाई राखिन् । आफ्ना आफन्त तथा परिवारका कुनै पनि सदस्यलाई यो विषयमा जानकारी नै दिईनन् । उमेर ढल्किदै गायो । यो समस्या झन झन बल्झिदै जान थाल्यो । स्वास्थ्यमा झन झन समस्या देखा पर्न थाल्यो ।

CP Hospital Dhangadhi

उनले स्वास्थ्यमा आएको समस्या बारे अझै पनि कसैलाई भन्न चाहिनन् । स्वास्थ्यमा आएको समस्याका बारेमा भन्न नसक्नु उनको बाध्यता थियो । पाठेघरमा समस्या भएका कारण उनले कसैसंग पनि उक्त कुरा भन्न नसकेकि हुन् । उनि भन्छिन्,‘तल्लो पेट दुख्ने देखी अन्य धेरै समस्या हुन्थ्यो । तल्लो पेट दुखे पनि खाली पेट दुखेको भन्दै सहेर बस्थे । अहिले बुढेश कालले छोयो । दिन प्रतिदिन समस्या बल्झिदै जान थाल्यो । गाउँ मै स्वास्थ्य शिविर बसेको कुरा जानकारी भएपछी आफु उक्त शिविरमा गएर चेक जाँच गराउँदा डाक्टरले पाठेघरमा समस्या भएको र त्यसको सर्जरी गर्नु पर्ने भनेको बताईन् । बर्षौ देखीको यो समस्या बाट अब छुटकारा पाईन्छ कि भन्ने ठुलो आस गरेको उनले बताईन् । अरु कसैलाई भन्न सकेकि थिईन । अति नै समस्या भएपछी उपचार गराउन शिविरमा पुगेकी हुँ । डाक्टर यो समस्या बाट छुटकारा पाउनु हुन्छ भनेपछी म ढुक्क भएकी छु । यो समस्या बाट छुटकारा मिल्यो भने मेरा लागी यो दोस्रो जुनि शरह हुने भन्दै उनले खुःसी ब्याक्त गरीन्’।

nawajiwan

यस्तो समस्या यि वृद्ध आमाको मात्रै नभएर यस्ता अन्य ५ जना महिलाहरुको पनि उस्तै समस्या देखा परेको छ । यस्तै केदार स्युँ गाउँपालिका वडा नम्बर २ कि ७० बर्षिया सानिमा रावल (नाम परिवर्तन) को पनि उनका जस्तै समस्या छ । उनको पनि यो समस्या भएको बर्षौ पहिला देखीको नै हो । यो समस्या लुकाएर बस्नु पर्ने उनको पनि बाध्यता नै थियो । पाठेघरको समस्या कसैलाई पनि भन्न नसकेका कारण आफुले यो समस्याको सिकार हुनु परेको बताईन् । उनको पनि सर्जरी गर्नु पर्ने डाक्टरहरुले सुझाब दिएका छन् । उनी मात्रै नभएर केदार स्यूँ गाउँपालिका कै २२ बर्षिया युवतीको पनि उस्तै समस्या देखा परेको छ । शिविर बाट नै उनको यो समस्या भएको पुष्ठि भएको हो । उनको पनि सर्जरी गर्नु पर्ने डाक्टरले बताएका छन् ।

कलिलै उमेरमा अथवा उमेर नपुग्दै विवाह गरी सन्तानको आमा भएका कारण र सुत्केरी भई सकेपछी पनि जटिल काम गर्नु परेको आदी कारणले उनले यो समस्याको सिकार हुनु परेको हो । उनले पनि यो समस्या भन्न लाज मानेर समस्या लुकाई राखेकी थिईन् । उनले भनिन् ‘ मलाई यस्तो समस्या भएको छ भन्न नसकेर नै बसेकी थिए । अब यो समस्या बाट छुटकारा पाउने भएको भन्दै उनले खःसी ब्याक्त गरीन् । उनलाई समस्या बाट छुटकारा पाउने भएपछी खुः.सी ब्याक्त गरेपनि उनलाई सर्जरी गर्न परेपछी भने पिडा महसुस गरीएका विवाह गर्ने उमेरमा पाठेघरको सर्जरी गर्नु परेपछी उनले आफुलाई असैय पिडा भएको बताईन् । उनले आफु मात्रै नभएर पाठेघर सम्बन्धि विभिन्न समस्या भएका ग्रामिण बस्तिमा धेरैजस्तो महिला दिदि बहिनिहरु रहेको बताईन् । उनिहरु आफ्नो स्वस्थ्यमा विषेश गरेर पाठेघरमा भएका जस्ता सुकै समस्याहरु भन्न नसकेर रोगलाई लुकाई बसेको बताईन् । यस्ता शिविरहरु अझै बढी गर्न सके आफुहरु जस्तो महिलाहरुले ठुलो समस्या बाट छुटकारा पाउने बताईन् । अझै पनि पाठेघरको समस्या भएका महिलाहरुले खुलेर आफ्नो समस्या भन्न सक्दैनन् । उनले भनिन् कतिपय अस्पताल तथा स्वास्थ्य चौकीहरुमा स्वस्थ्यकर्मी पुरुष नै हुने भएका उनिहरुले यस्ता समस्या लुकाउने गरेको बताईन् । यस्ता शिविरहरु दुरदराजमा र ग्रामिण बस्तिहरुमा लैजाने हो भने धेरै महिलाहरुले दोस्रो जुनि पाउने बताईन्’ ।

Attariya Hospital

यस्ता ६ जना महिलाहरुको पहिचान भएर उनिहरुको सर्जरी गर्ने तयारी भएको केदार स्युँ गाउँपालिकाका स्वास्थ्य संयोजक अम्मरराज विष्टले बताए । उनले भने, ‘विचको उमेर समुहका महिलाहरु भन्दा उमेर ढल्केका र कम उमेर समुहमा विवाह गरेका महिलाहरुमा यस्तो समस्या देखा परेको छ । यो शिविरले केही महिलाहरुको दोस्रो जुनि पाएको अनुभुती गरेको आफुले पाएको बताए ।

निशुल्क स्वास्थ्य शिविर रायल प्राथमिक स्वास्थ्य केन्द्रमा नर्वेजियन राजदुतावास, यु.एन.एफ.पि.ए.तथा ए.डि.आर.ए.नेपालको सहयोगमा संचालन गरीएको बताए’ । उनले भने , ‘एक दिनको निशुल्क स्वास्थ्य शिविर बाट १ सय ७२ जना महिलाहरुको स्वास्थ्य परिक्षण गर्दा ६ जना महिलालाई अप्रेशनका लागी छनौट गरीएको छ । यस्तै ४ जना रिङ पेसरी, ४ जनाको पहिलो चरणको भि.आइ.ए. पोजेटिभ पहिचान गरी उपचार तथा परामर्श गरीएको बताए’ ।

प्रजनन उमेर समुहका महिलाहरुको स्वास्थ्य समस्या समयमा नै पहिचालन गरी समाधान गर्ने मुख्य उदेश्यले यो शिविर संचालन गरीएको हो । नेपालमा हरेक दिन ४ जना महिलाहरु पाठेघरको मुखको क्यान्सर बाट अकालमा नै ज्यान गुमाउनु परेको छ । हरेक क्षेत्र बाट यस्ता स्वास्थ्य समस्याहरु पहिचान गर्न सकेको खण्डमा र समाधान गर्न सकेको खण्डमा अगामि दिनहरुमा अकालमा कुनै पनि महिलाहरुले ज्यान गुमाउन नपर्ने केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष मनिसा धामीले बताईन् ।

उनले , महिलाहरुको क्षेत्रमा पालिकाले पनि विभिन्न सचेतना मुलक कार्यक्रमहरु, जीविको पार्जन गर्ने कार्यक्रमहरु पालिका स्तर बाट संचालन भई रहेको बताईन् । पहिले र अहिलेको तुलनामा पालिकाले विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्दा आफुहरुको स्वास्थ्यमा समस्या लुकाएर बस्ने महिलाहरु पनि खुलेर स्वास्थ्य उपचार र समस्या भन्ने गरेको आफुले पाएको धामीले बताईन्’ ।