माया मेट्रो हस्पिटल र सुनकुडा क्याम्सबीच उपचार छुट सम्बन्धी सम्झौता

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित माया मेट्रो हस्पिटल प्रालिले बझाङस्थित सुनकुडा क्याम्सका विद्यार्थीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता गरेको छ।

CP Hospital Dhangadhi

आज सम्पन्न सम्झौतामा हस्पिटलका निर्देशक डा. मोहन साउद र सुनकुडा क्याम्सका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष कपिल विष्टले हस्ताक्षर गरेका हुन्। उक्त सहमति अनुसार क्याम्सका विद्यार्थीहरूले हस्पिटलमा गरिने विभिन्न उपचार सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

Attariya Hospital

सम्झौतापछि दुवै पक्षले विद्यार्थीहरूलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

nawajiwan