
आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाडौंस्थित माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली पनि घोषणा गरिसकेको छ।

प्रतियोगितामा नेपालसहित युएई, अफगानिस्तान, ओमान र हङकङ सहभागी छन्। नेपालले पहिलो खेल चैत ३१ गते युएईविरुद्ध तल्लो मूलपानी मैदानमा खेल्नेछ।

अन्य प्रमुख खेलहरूमा चैत ३१ मा ओमान र अफगानिस्तान, वैशाख १ मा नेपाल र ओमान, वैशाख ३ मा नेपाल र हङकङ तथा वैशाख ६ मा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका सबै खेल बिहान ९:३० बजे सुरु हुनेछन्।































