गोदावरीमा आर्थिक अभावका बिरामीलाई गोदावरी नेपाल तरुण दलका सभापति भट्टराईद्वारा २० हजार सहयोग

Image
Nisarga Hospital

नेपाल तरुण दल गोदावरी नगर कार्यसमिति अध्यक्ष रमेश भट्टराईको नेतृत्वमा आर्थिक अवस्था कमजोर भएका एक बिरामीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

CP Hospital Dhangadhi

शनिबार गोदावरी नगरपालिका–१० निवासी ४६ वर्षीय खेमराज जोशीलाई उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरिएको हो। जोशी एक महिनादेखि नसा सम्बन्धी गम्भीर रोगबाट पीडित रही अचेत अवस्थामा रहेका छन्।

अध्यक्ष भट्टराईका अनुसार घरपरिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने अवस्था आएको थियो। “बिरामीको अवस्था दिनदिनै गम्भीर बन्दै गएको देखेर हामीले तत्काल साथीसंगीहरूसँग रकम संकलन गरी सिधै घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हौं,” उनले बताए।

nawajiwan
Attariya Hospital

भट्टराईले खेमराज जोशीको अवस्था अत्यन्त गम्भीर रहेकाले अन्य सहयोगी मनहरूलाई पनि सहयोगका लागि आग्रह गरेका छन्।
बिरामीका परिवारले आर्थिक सहयोग संकलन गर्नका लागि क्युआर कोड समेत सार्वजनिक गरेका छन्।

May be an image of text that says '18:16 Scan Or Share Scan Share Kusum Joshi YOUTH SAVING ACCOUNT 2700300673500001 PRIMARY कुमारी वैक निमिटेड KUMARI KUMARIBANKLIMITED BANK LIMITED सबेका बामि, बडका আলি You will be sharing the following information. 1. Full Name 2. Bank Name 3. Bank Account Number'