
बाह्रबन साझेदार बन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन्। अध्यक्ष पदमा नेपाली कांग्रेस निकट वीर बहादुर चोखाल र डन्डीराज सुबेदीले उम्मेदवारी दिएका छन् भने एमाले निकट टेकबहादुर बुढाले पनि प्रतिस्पर्धा गरिरहेका छन्।
चोखाल नेतृत्वको टिमलाई माओवादी निकट मतदाताहरूले समेत समर्थन गर्ने जनाएका छन्। अत्तरियामा आज आयोजित पत्रकार सम्मेलनमार्फत चोखाल नेतृत्वको संयुक्त टिमले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष उत्तम कठायत, कांग्रेस जिल्ला सचिव नृप सुनार, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य बिक्रम बिक, केन्द्रीय सदस्य लक्षीराम आचार्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले कांग्रेसको आधिकारिक समर्थन चोखाल नेतृत्वको टिमलाई रहेको स्पष्ट गरेका छन्।

आगामी चैत ११ गते हुने निर्वाचनमा जम्मा १४६ जना मतदाता सहभागी हुनेछन्। तीमध्ये चुरेबाट ७, गौरीगंगाबाट २७, गोदावरीबाट ५६ र धनगढी उपमहानगरपालिकाबाट ५६ जना मतदाता रहेका छन्।

भिडियो हेर्न यहाँ जानुहोस्
https://fb.watch/z4eYNNMBM8/































