मजदुर दिवसको अवसरमा गोदावरीमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया : १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा गोदावरी नगरपालिका–३ मा रहेको उग्रतारा इँटा तथा टायल उद्योगमा कार्यरत मजदुरहरूका लागि विशेष स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा गरिएको हो ।

CP Hospital Dhangadhi

स्वास्थ्य परीक्षण अन्तर्गत मजदुरहरूको मधुमेह (सुगर) परीक्षण, रक्तचाप मापन, तौल जाँच, पिसावमा प्रोटिन र सुगर परीक्षण, आयोडिन परीक्षण, शंकास्पद औलो परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो र साथै, अति आवश्यक परेका मजदुरहरूलाई औषधि पनि वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रमको व्यवस्थापनमा गोदावरी नगरपालिका–३ स्थित तारा इँटा तथा टायल उद्योग, मालाखेतीको सहयोग रहेको थियो । यस वर्षको अन्तर्राष्ट्रिय मजदुर दिवसको नारो थियो । ‘श्रमको सम्मान गरौं, श्रमशक्ति नै राष्ट्रशक्ति हो ।’

nawajiwan

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन, आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको स्मृतिमा हरेक वर्ष मे १ मा यो दिवस मनाइन्छ । सोही क्रममा भएको हेय मार्केट घटना प्रसिद्ध छ, जहाँ भएको बम विस्फोटपछि प्रहरीको गोलीबाट सात जना मजदुरको मृत्यु भएको थियो ।

Attariya Hospital

यस आन्दोलनले अन्ततः मजदुर अधिकारको सुनिश्चितताका लागि महत्वपूर्ण मोड प्रदान ग¥यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रमिक सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो, जुन सन् १८९० देखि विश्वभर मनाउन थालियो ।

नेपालमा पनि विभिन्न मजदुर संगठनहरूले विविध कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउने परम्परा कायम राखेका छन् । यहाँ पहिलोपटक २००७ सालमा विराटनगरमा यो दिवस मनाइएको थियो । त्यसपछि २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल सरकारले यो दिन सार्वजनिक बिदा दिन सुरु गरेको हो ।

स्वास्थ्य कार्यालय कैलालीले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमहरू विभिन्न दिवसहरूमा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।