‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

Image
Nisarga Hospital

सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको टिमका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए।

CP Hospital Dhangadhi

खोटाङका रोशन राई (कोच मेलिना राई) फस्ट रनरअप, इलामका प्रमेश राई (कोच राजु लामा) सेकेन्ड रनरअप र सिक्किमकी अर्पणा आचार्य (कोच उदय सोताङ) थर्ड रनरअप घोषित भए।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललगायत अतिथिले पुरस्कार प्रदान गरे। पाण्डेले उपाधिसँगै २० लाख नगद र दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जितपछि प्रतिक्रिया दिँदै पाण्डेले, “फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने प्रमाणित भएको छ,” भने।

फिनालेमा सिजन ३ का विजेता किरण गजमेरले मौलिक गीतसहित ‘छपक्कै फूल फुल्यो बाटोमै’मा कोच मेलिना राईसँग प्रस्तुति दिए। कोच राजुले प्रमेशसँग ‘बादल पारीको देशबाट’, कोच खेमले प्रशेषसँग ‘रम रम मरौटी’ र कोच सोताङले अर्पणासँग गीत गाए। फिनालेअघि बाहिरिएकी इन्द्रकला राईले पनि प्रस्तुति दिइन्।

२ महिनादेखि प्रसारणमा रहेको सिजन ६ निकै चर्चित रह्यो। यसपटक पहिलोपटक लोकगायक खेम सेन्चुरी कोच बनेका थिए। यस सिजनमा सर्वाधिक चारै कुर्सी घुमाउने प्रतिभाहरू देखिए।

हिमालय टिभीले अब ‘भ्वाइस अफ नेपाल: किड्स’ संस्करण सुरु गर्न लागेको छ।

Dhnagadhi & Krishanapur