लोकपप देउडामा चेतन बोहराको नयाँ सांगीतिक उपहार ‘DUI SAYA ASHI’ सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः सुदूर पश्चिमको मौलिक लोकसंस्कृति जोगाउने उद्देश्यका साथ नेपाली लोकपप देउडा क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल गायक चेतन बोहराले नयाँ सांगीतिक सिर्जना ‘DUI SAYA ASHI’ सार्वजनिक गरेका छन्।

CP Hospital Dhangadhi

संगीतप्रेमीहरूबीच लोकप्रियता बनाइरहेका चेतन बोहराका यसअघि सार्वजनिक भएका थुप्रै गीतहरू अहिले पनि दर्शक-श्रोतामाझ उत्तिकै चर्चामा छन्। उनका सम्पूर्ण सांगीतिक कृति चेतन बोहराको युट्युब च्यानलमार्फत अवलोकन गर्न सकिन्छ।

नयाँ गीत ‘DUI SAYA ASHI’ मा चेतन बोहरासँगै गायिका रेखा जोशीको सुमधुर स्वर रहेको छ। झलक भट्टको शब्द रचना, Deuda Collections को संगीत, कृष्ण बजुरालीको एरेञ्ज र मिक्सिङमार्फत गीतलाई सुमधुर बनाइएको छ। कृष्ण बाजुरालीले गीत रेकर्ड गरेका हुन्, भने यो सम्पूर्ण प्रक्रिया The Music Era स्टुडियोमा सम्पन्न भएको हो।

nawajiwan

गीतको भिडियो पनि उत्तिकै आकर्षक बनाइएको छ। भिडियो छायांकन नरेश अयेरले गरेका हुन् भने सम्पादन र रङ संयोजन राजेश कुमारले गरेका छन्। गीतको कथा र निर्देशन रेश बीसीको रहेको छ। कलाकारको भूमिकामा स्वयं चेतन बोहरा र रेश्मा बिष्टले अभिनय गरेका छन्। मेकअपमा कविन खड्काको सहयोग रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन Video Bank, अनामनगर मा सम्पन्न गरिएको हो।

Attariya Hospital

गीतको अडियो तथा भिडियो निर्माण चेतन बोहराकै ब्यानरमार्फत गरिएको हो। थप जानकारी वा सम्पर्कका लागि ९८५१३३११२२ नम्बरमा सम्पर्क गर्न सकिन्छ।

सुदूरपश्चिमेली सांस्कृतिक र सङ्गीतिक पहिचानलाई आधुनिक रचनाशैलीमा समेट्दै आएका चेतन बोहराको यो नयाँ कोशेलीले दर्शक-श्रोतामाझ कस्तो प्रतिक्रिया पाउँछ, त्यो समयले बताउनेछ।

Advertize US