आईपीएलमा सनराइजर्सको इतिहास दोहोरिने प्रदर्शन, कोलकातामाथि ११० रनको ठूलो जित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) बाट यसअघि नै बाहिरिएका दुई टोली सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच आइतबारको खेल रोमाञ्चक बनेको छ। हैदरावादले कोलकातालाई ११० रनको विशाल अन्तरले हराउँदै सिजनको अन्त्य प्रभावशाली ढंगले गरेको छ।

CP Hospital Dhangadhi

पहिले ब्याटिङ गर्दै टस जितेको हैदरावादले ३ विकेट गुमाउँदै २७८ रन बनायो, जुन आईपीएल इतिहासको तेस्रो ठूलो स्कोर हो। हेन्रिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको विस्फोटक शतकिय पारी खेले। उनले ३७ बलमै शतक पुरा गर्दै सिजनको तेस्रो छिटो शतक पनि आफ्नो नाममा गरे।

क्लासेनलाई साथ दिँदै ट्रेभिस हेडले ४० बलमा ७६ रन तथा अभिषेक शर्माले १६ बलमा ३२ रनको योगदान दिए। अङ्कित वर्मा ६ बलमा १२ रनमा अविजित रहे।

nawajiwan
Attariya Hospital

२७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताको इनिङ १९.४ ओभरमै १६८ रनमा समेटियो। कोलकाताका लागि मनिस पाण्डेले २३ बलमा ३७ रन, हर्षित रानाले २१ बलमा ३४ रन र सुनिल नारायणले १६ बलमा ३४ रन बनाए। हैदरावादका जयदेव उन्नाकद, एसन मालिङ्गा र हर्स दुबेले समान रूपमा ३–३ विकेट लिए।

यो सिजनको अन्त्यमा हैदरावादले १३ अङ्कसहित छैटौँ स्थानमा स्थान बनाएको छ भने कोलकाता १२ अङ्कमा आठौँ स्थानमा सीमित भएको छ।