यातायात बन्दपछि सरकार र व्यवसायीबीच वार्ता समिति गठन, छलफल आजै सुरू हुने

Image
Nisarga Hospital

यातायात व्यवसायीहरूले सातबुँदे माग राख्दै सुरु गरेको अनिश्चितकालीन बन्दको पृष्ठभूमिमा सरकार र व्यवसायीबीच वार्ताका लागि औपचारिक समिति गठन गरिएको छ।

CP Hospital Dhangadhi

गृहमन्त्रालयमा गृहमन्त्री, मुख्यसचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको छलफलपछि वार्ता टोली बनाएर समस्या समाधान गर्ने सहमति जुटेको हो।

सरकारी वार्ता टोलीको संयोजकत्व भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवलाई दिइएको छ। उक्त टोलीमा विभिन्न सरोकार मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी छन्।

nawajiwan
Attariya Hospital

त्यसैगरी व्यवसायी पक्षबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईका अनुसार व्यवसायी र मजदुर पक्षका सबै घटकका अध्यक्षहरू वार्ता टोलीमा समेटिएका छन्।

उनले केही समयभित्रै वार्ता सुरू हुने जानकारी दिएका छन्। यातायात व्यवसायीहरूले सातबुँदे माग राख्दै आजदेखि देशभर सवारी सेवा ठप्प पारेका छन्।